2026-09-13 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

युवा समूहको निःशुल्क खाना

वैशाख १६, पोखरा | कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका कारण समस्याग्रस्त विपन्न वर्गलाई लक्षित गरी पौरखी युवा समूहद्वारा १० दिनसम्म सञ्चालित निशुल्क खाना वितरणबाट १६ हजार जना भन्दा बढी लाभान्वित भएका छन् ।

समूहले प्रत्येक दिन खाना तयारी गरी प्याकिङ गर्दै विभिन्न स्थानमा खानाको अभावमा भोका परेकालाई निः शुल्क खाना खुवाउँदै आएको थियो । नौ जना युवा मिलेर आफ्नै खर्चमा यो सेवा गरिएको थियो ।

बन्दाबन्दीका कारण आफ्ना गाँउघर जान नपाएका विपन्न तथा सडकमै अलपत्र परेका र काम गर्न नपाएर भोका बनेका सर्वसाधारणलाई समूहले खाना खुवाउँदै आएको समूहका संयोजक जनक पराजुलीले बताउनुभयो । खाना खुवाउनका लागि पोखरा महानगरपालिकाबाट वैशाख १५ गते सम्मका लागि अनुमति लिइएको र सोही अनुसार सोमबार साँझसम्म खाना खुवाइएको उहाँले जानकारी दिनुभयो ।

समूहले १० दिनसम्म खाना खान नपाएका सर्वसाधारणको तथ्याङ्क सङ्कलन गरी स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पुर्याउने गरिएको समूहका सदस्य विष्णुप्रसाद बरालले बताउनुभयो ।

उहाँका अनुसार समूहका अन्य सदस्यमा जनक पराजुली, विष्णुप्रसाद पौडेल, राजु शर्मा तिमिल्सिना, भानुभक्त अधिकारी, विष्णु प्रसाद बराल, प्रजापति अधिकारी, शिव थापा, राजेन्द्र पौडेल र खेमराज तिमिल्सिना हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले