गुल्मीमा पहिरोमा फसेकी एक महिलाको१८ घण्टापछि जीवितै उद्धार

साझासवाल

<p>असार २३, तम्घास (रासस) । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरामा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो ।&nbsp;</p><p>उहाँलाई आज&nbsp; हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताउनुभयो ।&nbsp; खेतबारीको मकै लिन जानुभएका उहाँ फर्कने बेला&nbsp; रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो ।&nbsp; </p><p>दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् ।</p><p> एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।</p>

Leave a Comment

Leave a Reply