२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग

२०७७, ३ भाद्र बुधबार ०६:०५

हरि बाँस्तोला । भदौ ३, गण्डकी । पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा कोरोना सङ्क्रमणका बीच पनि सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन् । कोभिड–१९ को सङ्क्रमणको समाजका हरेक निकायहरु समस्यामा परिरहँदा त्यसको प्रभाव वृद्धाश्रममा पनि परेको थियो ।

झण्डै चार महिनाको बन्दाबन्दी र त्यसयताको सङ्क्रमणकालीन समयमा पनि विभिन्न सहयोगी व्यक्ति र संस्थाले सहयोग जारी राखेको वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो । “कोरोना सङ्क्रमणबाट यहाँका ज्येष्ठ नागरिकलाई जोगाउनु चुनौतीपूर्ण छ नै, अर्कोतर्पm उनीहरुको खानपानलगायतको व्यवस्थापन अर्को चुनौती छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको विद्यमान अवस्थामा पनि दाताहरुको निरन्तरको सहयोगले हामीलाई ठूलै मद्दत पुगेको छ ।”

उहाँका अनुसार आमाबाबालाई पालनपोषण गर्न अप्ठ्यारो परेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा जनस्तर तथा विभिन्न सङ्घसंस्था र विदेशमा रहनु हुने नेपालीबाट समेत आर्थिक एवं खाद्यान्न सहयोग रहँदै आएको छ ।बन्दाबन्दीको अवसरमा आप्mनो स्वास्थ्यको समेत प्रवाह नगरी १५० विभिन्न सङ्घसंस्था व्यक्तिबाट वृद्धाश्रमलाई सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भन्नुभयो, “मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, रघु वाग्ले तनहुँमार्पmत नेपाल मकाउ सङ्गठन, नेलम्वो, पोखरा तरकारी बजारलगायतबाट नगदसहित खाद्यान्न एवं तरकारी सहयोग प्राप्त भएको थियो ।”

समाजका विपन्न, असहाय एवं असक्त ज्येष्ठ नागरिकको सहारा बन्ने उद्देश्यका साथ विसं २०५३ मा स्थापना गरी सञ्चालनमा आएको वृद्धाश्रममा वृद्धवृद्धा र सेवकसेविकासहित कूल ५५ जना रहनुभएको सञ्चालक समितिका सदस्य श्रीनाथ आचार्यले जानकारी दिनुभयो । घरमा आप्mना दुई बुबाआमालाई समेत स्याहारसुसारजस्ता सेवा पु¥याउन नसक्ने हाम्रो समाजमा विभिन्न वर्ग र समाजबाट आएको वृद्ध आमाबाबालाई पालनपोषण चुनौतीपूर्ण भए पनि सहयोगी मनहरुको सहयोगबाट वृद्धाश्रम सञ्चालन गर्न हामीलाई हौसला मिलेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बिहान बेलुकाको दुई छाक खाना तथा चिया र खाजा, सेवकसेविकाको तलब तथा अन्य सरसफाइ एवं उपचारमा समेत गरी मासिक रु एक लाखभन्दा बढी खर्च हुने गरेको छ । आश्रममा बौद्धिक अपाङ्गता चार जना आश्रित हुनुहुन्छ । वृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक विभिन्न रोगका औषधि सेवन गर्नुहुन्छ । बन्दाबन्दीका क्रममा औषधिको समेत समस्या परेको अवस्थामा सहयोगी दाताबाट औषधि उपलब्ध भएको वृद्धाश्रमका स्वास्थ्यकर्मी शिशिरकेशव पराजुलीले जानकारी दिनुभयो ।

एघार रोपनी तीन आना जग्गामा सरकारीस्तर, विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगबाट रु पाँच करोडभन्दा बढीको लागतमा आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको छ । आश्रममा आश्रित अशक्त एवं दीर्घरोगीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ मेडिक्लिनिक सञ्चालन गर्नका लागि पूर्वाधार तयार भए पनि जनशक्तिको अभावमा उचित उपयोग हुन सकेको छैन । आश्रमले एक नर्स सहित हप्तामा एक दिन चिकित्सक उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्दै आएको छ ।

परिवारबाट अपहेलित एवं कोही आफन्त नभएका समाजका बेसहारा ज्येष्ठ नागरिकको सहारा बनेर सरकारीस्तरबाट गर्नुपर्ने दायित्व पूरा गर्दै आएको वृद्धाश्रमले यतिखेर तीनै तहका सरकारको सहयोग हुनुपर्ने सहयोगीहरुको सामूहिक धारणा रहेको छ । रासस 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी