2026-09-13 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा थप ११ मा कोरोना सङ्क्रमण पुष्टि

भदौ ९, पोखरा । यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा  चार कोरोना सङ्क्रमितमध्ये एक सञ्चारकर्मीसमेत परेको उल्लेख छ । स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा   सङ्क्रमणको  लक्षण नभएको तर कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि पोखरा–२८ घर भएका सञ्चारकर्मीले आफू कार्यरत एफएममै आवासीय रुपमै रहेर काम गर्दै आउनुभएको थियो । 

पोखरा –२७ को एक बैंकमा कार्यरत सुरक्षाकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि ती सञ्चारकर्मी कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थियो  । उक्त बैंक भएको भवनमा उहाँ कार्यरत  एफएम छ । उहाँको स्वाब शनिबार पोखरा –२७ को वडा कार्यालयमा सङ्कलन गरिएको थियो । 

सङ्क्रमण पुष्टि भएपछि उहाँलाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ । उहाँसँग परिवारका व्यक्ति पनि सम्पर्कमा आएकाले कन्ट्याक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको छ । प्रदेश निर्देशनालयको आज सार्वजनिक पछिल्लो जानकारीअनुसार पोखरामा मात्रै ११  र गण्डकीमा १७  कोरोना सङ्क्रमित थपिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले