गुल्मीमा अपरिचित व्यक्तिको कुटाइबाट एक जनाको मृत्यु

साझासवाल
1 Min Read

भदौ २२, गुल्मी  (रासस) । गुल्मीमा अपरिचित व्यक्तिको कुटाइबाट आज एक जनाको ज्यान गएको छ । पिटाइबाट इस्मा गाउँपालिका –२ हस्तिचौर निवासी २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी  नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

हस्तिचौरको छिन्नाखोलामा होटल व्यवसाय सञ्चालन गर्दै आएका कुँवर बिहान घाइते अवस्थामा फेला पर्नुभएको थियो । छिन्नाखोलामा कुँवर दाजुभाइ मिलेर होटल व्यवसाय सञ्चालन गर्नुभएको थियो ।

आइतबार बेलुकी दाजु यमबहादुरले भाइलाई होटलमै छाडेर घर गएको र घरबाट होटलमा आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताउनुभयो ।

घाइते कुँवरको गुल्मी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । अस्पताल ल्याउँदा मृत्यु भइसकेकाले आफूहरुले मृत्यु घोषणा मात्रै गरेको अस्पतालका डा उत्तम पच्याले बताउनुभयो ।

घटनाबारे जानकारी भएपछि  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक पन्तको नेतृत्वमा प्रहरी टोली घटनास्थल पगेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

Share This Article
Leave a Comment

Leave a Reply