भदौ २३, गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का छ जना छन् । नवलपरासीका सबै सङ्क्रमितलाई आइसोलेसन केन्द्र लगिसकिएको र कास्कीका सङ्क्रमितलाई आइसोलेसन केन्द्र लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५२५ जनाको पिसिआरको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । ती मध्ये सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ छ भने ४९ हजार ९१३ जनामा सङ्क्रमण देखिएको छैन । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ८०७, निको हुनेको सङ्ख्या एक हजार ७८५ रहेको र २० जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहनुभएका भएका डा शर्माले बताउनुभयो । रासस

Related News