2026-09-13 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सीप सिक्दै आत्मनिर्भर बन्दै युवा

जमुनावर्षा शर्मा । असोज १३, पोखरा । छ महिनाअघि न्युजिल्यान्ड जान ठीक्क पर्नुभएकी पोखरा महानगरपालिका–११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा–५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै हुनुहुन्छ । कोरोना भाइरसको महामारीका कारण विदेश जाने योजना रोकिएपछि एक महिना वरिष्ता तालीम लिएर सीपयुक्त बन्नुभएकी नेपालीको दैनिकी पारखीहरुलाई कफी तयार गर्दै बित्छ । आफूले नसोचेको व्यावसायिक यात्रा अघि बढेपछि उहाँ दङ्ग हुनुहुन्छ । 

व्यवस्थापनमा स्नातक तेस्रो वर्ष अध्ययरत नेपालीले बन्दाबन्दीको समयमा  पोखराको सभागृहस्थित म्याप इन्टरनेसनलमा सिकेको सीपले यो व्यवसायको ढोका खोलिदिएको हो । यही तालीम आफूलाई वरदान साबित भएको बताउने नेपाली भन्नुहुन्छ, “व्यवसाय गर्छु भन्ने सोचेको थिइनँ, अझ यो समयमा त झन् के सम्भव देख्नु र रु तालीमपछि मेरो सोच बदलियो, आत्मबल बढ्यो र व्यवसाय थालेँ ।” “विदेश जाने योजना रोकिएपछि तालीम सिकेँ र एक दिन भाइ सबिनसँग व्यवसाय गर्ने सोच सुनाएँ । भाइ सकारात्मक भयो र हामीले ममीसँग कुरा गर्यौं । उहाँको पनि साथ पाएपछि त ऊर्जा मिल्यो ।” 

पोखरा महानगरपालिका–५ मा विन्स क्याफे एन्ड फास्ट फुड सञ्चालनमा ल्याएकी नेपालीले सानो ठाउँ भए पनि मासिक रु १८ हजार भाडा तिरेर रु २० लाखको लगानीमा व्यवसाय सञ्चालन गरेको बताउनुभयो । “एक महिनामात्र भयो, दुईजना स्टाफ छन्, दैनिक रु ६ हजारदेखि १५ हजारसम्म व्यापार भएको छ । अहिले उहाँ विदेश जानुभन्दा सीप सिकेर स्वदेशमै केही गर्न सबैलाई सुझाउनुहुन्छ । 

लेकसाइडस्थित होटल स्विस इन्टरनेसनलमा कार्यरत पोखरा–१७ विरौटाका २१ वर्षीय युवा पवन बोगटी पनि प्राविधिक शिक्षाले रोजगारमा जोडिएको अनुभव सुनाउनुहुन्छ । “मैले २०७२ सालमा एसएलसी दिएपछि प्राविधिक विषय रोजेँ, पोखरा पर्यटकीय शहर भएकाले यस क्षेत्रमा सम्भावना देखेर पोखरा प्राविधिक शिक्षालयबाट तीनवर्षे होटल म्यानेजमेन्ट विषय अध्ययन गरेको हुँ, लगत्तै रोजगार पाइहालेँ सन्तुष्ट छु, मलाई विदेश जाने मोह जागेको छैन ।”

बोगटीले आजका युवाको सोच नै विदेश हुने र स्वदेशमा केही सम्भावना नदेख्ने गर्दा प्रतिभा पलायन भएको बताउनुहुन्छ । “परिवारबाट छुटिएर लाखौँ रुपैयाँ खर्च गरेर खाडीमा आठ–दश घण्टा घोटिएरभन्दा आफ्नै मुलुकमा परिवारको साथ मीठो मसिनो खाएर श्रम गर्नु धेरै जाती”, बोगटी भन्नुहुन्छ, “विदेशमा गएर कमाउने जति पैसा स्वदेशमै कमाउन सकिने भएकाले हातमा सीप भए जागिरका लागि भौँतारिनु पर्दैन ।” विदेश जानै पर्ने भए पनि सीप सिकेरमात्र जान उहाँको सुझाव छ । 

यसैगरी स्वदेशमै आत्मनिर्भर भएका अर्का युवा हुनुहुन्छ, खुशीराम चौधरी । कञ्चनपुर हरपालका २५ वर्षीय चौधरी २०७१ सालमा होटल म्यानेजमेन्ट पढ्न पोखरा आउनुभयो । पोखरा प्राविधिक शिक्षालयमा तीनवर्षे कोर्ष पूरा गरेसँगै उहाँ रोजगारमा जोडिनुभयो । हाल पोखरा लामागाउँमा रहेको हिमालयन फ्रन्ट रिसोर्टमा काम गर्नुहुन्छ । प्राविधिक शिक्षाले रोजगार पाइहालेको अनुभवसँगै चौधरी अन्य युवालाई पनि प्राविधिक शिक्षा लिन सुझाउनुहुन्छ । कोभिड –१९ को प्रभाव पर्यटन क्षेत्रमा देखिएकामा चिन्तित चौधरी अब आन्तरिक र बाह्य उडान तथा सडक यातायात सञ्चालनपछि पर्यटन गतिविधि बढ्नेमा आशावादी हुनुहुन्छ । उहाँले सरकारले पनि युवा स्वरोजगार कार्यक्रममार्फत विभिन्न तालीमदेखि न्यूनतम शुल्कमा कर्जा लगानी गरिरहेको भन्दै यसमा युवाहरु लाग्नसके समृद्धि हासिल गर्न सकिने तर्क गर्नुहुन्छ । 

पछिल्लो समय प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनतर्फ युवाको चासो बढ्दै गएको बताउनुहुन्छ पोखरा प्राविधिक शिक्षालयका प्रमुख हर्कलाल श्रेष्ठ । “पछिल्ला वर्षहरुमा प्राविधिक शिक्षाप्रति युवाको चासो बढिरहेको छ, सीप सिकेपछि स्वदेश तथा विदेशमा जहाँ गए पनि सजिलै रोजगार पाइने भएकाले पनि यसप्रति युवाको चासो बढ्दै गएको हो”, श्रेष्ठ भन्नुहुन्छ, “प्राविधिक र व्यावसायिक शिक्षाभन्दा बित्तिकै कम पढेका वा राम्रो विषय लिएर पढ्न नसकेकाहरुले पढ्ने भनेर हेर्नेहरुले अहिले यसको महत्वलाई बुझ्न थालेका छन्, माग बढ्दै गएको छ  ।” अझै पनि आवश्यक क्षेत्रहरुमा दक्ष जनशक्तिको अभाव भएकाले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।  

श्रेष्ठका अनुसार पोखरा प्राविधिक शिक्षालय फूलबारीमा तीनवर्षे होटल व्यवस्थापन अन्तर्गतका कुकिङ, हाउस किपिङ, फ्रन्ट डेस्क, फुड एन्ड वेभरेजमा पढाइ हुनेगर्छ । होटल व्यवस्थापनमा ४०, तीनवर्षे प्रमाणपत्र तह अप्थाल्मिकमा ४०,  १८ महिने प्री डिप्लोमा इन कुलिनरी आर्ट ९कुकिङ बेकिङ० मा २० जनाले अध्ययन गर्न पाउने कोटा छ । योसँगै व्यावसायिक तालीमअन्तर्गत छोटो समयका सिलाइ कटाइ, बुटिक, ब्युटी पार्लरलगायत तालीम सञ्चालन हुँदै आएका छन् । पोखरा पर्यटकीय नगरी भएकाले अधिकांशले होटल म्यानेजमेन्टमा रुचि देखाएको र अध्ययनपश्चात् करीब ६० प्रतिशतले तत्काल रोजगार पाएको उहाँको भनाइ छ ।  

शिक्षालयले प्राविधिक र व्यावसायिक शिक्षा आर्जन गर्न चाहने निम्न आय भएका जेहेन्दार विद्यार्थीका लागि सहुलियत शुल्क, पूर्ण शुल्क र प्रायोजित शुल्क गरेरसमेत आरक्षण कोटा छुट्याएको छ । 

सन् २००५ देखि सिटिइभिटीअन्तर्गत कान्तिपुर होटल टे«निङ इन्ष्टिच्युट सञ्चालन गर्दै आएका विजय पौडेलले करीब २६ हजारले होटल म्यानेजमेन्ट तालीम लिएको बताउनुहुन्छ । तीमध्ये ३० प्रतिशत विदेशमा र १५ प्रतिशत स्वदेशमा रोजगार छन् भने २० प्रतिशत स्वरोजगारमा । कोभिड–१९ पछि विदेशबाट आएका युवाहरु पनि तालीमप्रति चासो राख्दै बुझेका र केही तालीम लिन आएका उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले