२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार

२०७७, १३ आश्विन मंगलवार १२:०३

असोज १३, कास्की (रासस) । गण्डकी प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ । 

साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका– ३३ को पशुपतिघाटको १७४ रोपनी जमिन गतवर्ष नेपाल सरकारबाट प्रदेश सरकारलाई भोगाधिकारका लागि प्राप्त भएपछि सरकारले सो जमिनमा रङ्गशाला निर्माण प्रक्रिया अघि बढाएको हो । 

क्रिकेट रङ्गशालाका लागि प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिसकेको छ । बिआरएस इन्जिनीयरिङ सोलुशन प्रालिले रङ्गशालाको डिपिआर तयार गरी प्रतिवेदन सामाजिक विकास मन्त्रालयलाई बुझाएको हो । 

सरकारले गत वर्ष रङ्गशालाको डिपिआरका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । जमिन प्राप्त भएपछि सरकारले डिपिआर प्रक्रिया शुरु गरेकामा कम्पनीले हालै प्रतिवेदन बुझाएको थियो । सो डिपिआरमा रङ्गशाला निर्माणमा रु एक अर्ब ६० करोड लागत लाग्ने उल्लेख गरिएको मन्त्रालयका खेलकूद विभाग महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले बताउनुभयो ।

सरकारले चालू आर्थिक वर्षमा क्रिकेट रङ्गशालाका लागि रु दुई करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट यस वर्र्ष वातावरणीय प्रभाव मूल्याङ्कन, जमिन सीमाङ्कन तथा तटबन्धनलगायत काम गरिने मन्त्रालयले जनाएको छ । उपसचिव काफ्लेले भन्नुभयो, “अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि डिपिआर बनाउने जिम्मा पाएको कम्पनीले  प्रतिवेदन बुझाएको छ । यसवर्ष बजेट थोरै मात्र विनियोजन गरिएकाले जग्गाको संरक्षणका काम गर्दै रङ्गशालाका लागि स्रोत जुटाउन शुरु गर्दछौँ ।”

गण्डकी प्रदेश सरकार गठन भएपछि सरकारको आव २०७४/७५ को पहिलो बजेट तथा कार्र्यक्रममा प्रदेशभित्र सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि स्थान पहिचान गर्ने उल्लेख थियो । त्यसपछिका बजेट कार्यक्रममासमेत सरकारले रङ्गशाला निर्माणलार्ई प्राथमिकतामा राखेको छ ।

करिब १२३ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने रङ्गशालामा १८ हजार दर्शक क्षमताको प्यारापिट बन्ने डिपिआरमा उल्लेख छ । मैदानमा सात वटा पिच, भिभिआइपी कक्ष, भिआइपी कक्ष, खेलाडी कक्ष(प्लेयर बक्स), चेञ्जिङ रुम(कपडा फेर्ने कोठा), मिडिया कक्ष, पार्किङलगायत संरचना बन्नेछन् । 

क्रिक्रेट रङ्गशाला पोखराको मुख्य बजारदेखि १० किमी टाढा  र पृथ्वीराजमार्गबाट दुई किमिको दूरीमा रहेको छ । पोखरामा पछिल्ला वर्षमा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासमेत सम्पन्न भएका छन् । पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानमा गतवर्ष १३औँ दक्षिण एशियाली खेलकूद(साग)को महिला क्रिकेट खेलाइएको थियो । सो मैदानमा क्रिकेटका अन्य पूर्वाधार बन्न सकेका छैनन् । पोखरा प्रिमियर लिग(पिपिएल)का दुई संस्करणसमेत सोही मैदानमा सम्पन्न भएका थिए । 

प्रदेश सरकारले बनाउन प्रक्रिया शुरु गरेको क्रिकेट रङ्गशाला निर्माणपछि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुई मैदान अनिवार्य गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी