साउन १४, अछाम | गत आर्थिक वर्ष २०७२।७३ मा जिल्ला प्रशासन कार्यालय अछामवाट राहदानी लिनेको संख्या अघिल्लो वर्षको भन्दा घटेको छ । आर्थिक वर्ष ०७१र७२ को भन्दा आर्थिक वर्ष ०७२र७३ मा झण्डै ४ सय ६० जना राहदानी लिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, अछाम | गत आर्थिक वर्ष २०७२।७३ मा जिल्ला प्रशासन कार्यालय अछामवाट राहदानी लिनेको संख्या अघिल्लो वर्षको भन्दा घटेको छ । आर्थिक वर्ष ०७१र७२ को भन्दा आर्थिक वर्ष ०७२र७३ मा झण्डै ४ सय ६० जना राहदानी लिन"/>
2026-10-14 04:54 AM
अछाम - ACM

राहदानी लिने घटे, नागरिकता लिने बढे

साउन १४, अछाम | गत आर्थिक वर्ष २०७२।७३ मा जिल्ला प्रशासन कार्यालय अछामवाट राहदानी लिनेको संख्या अघिल्लो वर्षको भन्दा घटेको छ । आर्थिक वर्ष ०७१र७२ को भन्दा आर्थिक वर्ष ०७२र७३ मा झण्डै ४ सय ६० जना राहदानी लिने सेवाग्राही घटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७२।७३ मा जिल्ला प्रशासन कार्यालय अछामवाट पाँउने गरी ५ सय ११ जना र राहदानी बिभागवाट पाँउने गरी सिफारिस लिएका १ हजार १४ जना गरेर कुल १ हजार ५ सय २५ ले सेवा लिएको तथ्यंक रहेको छ भने त्यस अघिको आर्थिक वर्ष ०७१।७२ मा १ हजार ९ सय ८५ जनाले सेवा लिएको तथ्यांक रहेको छ । जसमध्येमा पनि ५ सय ६२ ले जिल्ला प्रशासन कार्यालय अछामवाटै लिएका थिए भने राहदानी बिभागवाट लिने गरी एक हजार ४ सय २३ जनाले सिफारिस लिएका थिए । गत आर्थिक वर्ष ०७२र७३ को साउन १ देखी असार मसान्त सम्मको तथ्यांक हेर्दा राहदानीको सेवा लिने सेवाग्राहीमा त्यस अगिको आर्थिक वर्षको भन्दा घट्दो क्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भूषालले जानकारी दिए । युवाहरुमा स्वदेशमै केही गर्नुपर्छ र स्वरोजगार बन्नुपर्छ भन्ने भावनाको विकास हुदै जानुले पनि यो संख्या घटेको हुनसक्ने भूषालको भनाई छ । पछिल्लो समय अछामी युवाहरुमा बिभिन्न ब्यावसाय तर्फ आर्कषण बढेको उल्लेख गर्दै भुषालले त्यसकारण पनि यो अवस्था आएको हुनसक्ने बताए ।

यसैविच गत वर्ष कार्यालयवाट नागरिकताको परिचयपत्र लिने सेवाग्राहीको संख्या भने बढ्दो क्रममा रहेको देखीएको छ । अगिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ३ सय ४९ को संख्यामा सेवाग्राही बढेको पाईएको छ । आर्थिक वर्ष ०७१।७२ मा ३ हजार ८ सय ८२ जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएकोमा गत आर्थिक वर्ष ०७२र७३ मा भने ४ हजार २ सय ३१ ले सेवा लिएको तथ्यांक रहेको छ । कार्यालयवाट गत आर्थिक वर्षमा ७ सय ८३ जनाले नागरिकताको प्रतिलिपी लिएका छन भने त्यस अघिल्लो आर्थिक वर्षमा ६ सय ९२ जनाले प्रतिलिपी लिएको जिल्ला प्रशासन कार्यालय अछामको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश