2026-09-13 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा पोखराबाट आठ जना पक्राउ

असोज २७, कास्की (रासस) । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माछापुुच्छ«े गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हीराबहादुुर तामाङ, म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना–४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा र पोखरा–१७ का २२ वर्षीय सोनु परियार रहेका छन् ।

त्यसैगरी पोखरा–१३ का ३७ वर्षीया सीता सुनार, सोही ठाउँका ५० वर्षीय हर्र्कबहादुर विक र २४ वर्षीय मौसम सदाशङ्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरुले असोज २५ गते साँझ पोखरा महानगरपालिका–१४ भोटेचौैतारा सुकुम्वासी बस्तीमा मानिस भेला गरी सोही ठाउँको ३०० रोपनी क्षेत्रफल जमिनमा घर जग्गा उपलब्ध गराइदिने विश्वास दिलाएको र तत्कालै फिल्डमा उक्त जमिनमा अमिन लगेर नापजाँच गर्ने भनी रकम उठाएको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवनकुुमार श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेकाहरुको साथबाट नगद रु एक लाख ६१ हजारसहित नगदी रसिद प्याडहरु, प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजको फोटो, विभिन्न मितिमा बैठक बसी गरिएका निर्णय रजिष्टर एक थान, नगद उठाएको रजिष्टर एक थान तथा सुकुम्वासी समस्या समाधान आयोग गण्डकी गठन भएको पत्र एक थान बरामद गरिएको बताइन्छ । 

उनीहरुलाई मुलुकी अपराधसंहिताअनुसार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन