२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सर्पले डसेका बालकको उपचारमा रु २६ लाख सहयोग सङ्कलन

२०७७, २८ आश्विन बुधबार ०४:४१

असोज २८, कास्की । जिल्लाको मादी गाउँपालिका–६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि स्वदेश तथा विदेशबाट गरी रु २६ लाख २५ हजार २०३ सहयोग रकम सङ्कलन भएको छ ।

बालकको अभिभावको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि असोज पहिलो सातादेखि सहयोग जुटाउने अभियान शुरु भएकामा सो रकम जम्मा भएको विशाल पौडेल बचाउ अभियानले जनाएको छ । गत साउन २८ गते राति घरमै सुतेका बेला करेत सर्पले डसेपछि पौडेल गम्भीर बिरामी भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचारकक्षमा ४२ दिन उपचारपछि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उहाँ हाल काठमाडौँमा उपचाररत हुनुहुन्छ ।

बिरामीको उपचारमा अर्थाभाव भएको र चिकित्सकले काठमाडौँ रेफर (सिफारिस) गरे पनि परिवारले लैजान नसकेको सम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस) मा पहिलोपटक असोज ४ गते प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोग आउन शुरु भएको थियो । स्थानीयवासीले उपचारमा रकम जुटाउन ‘विशाल पौडेल बचाउ अभियान’ सञ्चालन गरी आर्थिक सङ्कलन समिति गठन गरेका थिए । अभियानले मङ्गलबारदेखि रकम सङ्कलन अभियान समाप्त भएको जनाएको छ ।

समितिका संयोजक योगबहादुर क्षेत्रीले (रवि)ले रकम अभावमा परिवारले बिरामीलाई  घर फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको अवस्थामा सबै मिलेर उपचारका लागि रकम सङ्कलन गर्न सम्भव भएको बताउनुभयो । उहाँका अनुसार समितिबाट हालसम्म परिवारलाई रु सात लाख ५४ हजार १७० बिरामीका आफन्तलाई प्रदान गरिएको र समितिको खातामा जम्मा भएको रकम पौडेलको उपचारमा खर्च गरिने छ ।

बिरामीका दाजु विजय पौडेलले पोखरा तथा काठमाडौँसम्म उपचारमा अहिलेसम्म रु १२ लाख हाराहारीमा खर्च भएको जानकारी दिँदै बिरामीले हातखुट्टा चलाउनेलगायत गतिविधि शुरु गरेकाले स्वास्थ्यमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सकले काठमाडौँ लैजान भनेपछि रकम अभावमा घर फिर्ता ल्याउनुपर्ने अवस्थामा सबैको साथ र सहयोगबाट अहिले भाइको राम्रो उपचार भइरहेको छ । अझै कति दिन अस्पताल बस्नुपर्छ, खर्र्च कति लाग्छ भन्ने यकिन छैन ।”

मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले रकम अभावमा बिरामीको उपचारमा समस्या भएको अवस्थामा युवाले स्तःस्फूर्तरूपमा अभियान सञ्चालन गरी रकम जुटाउने पुण्य काम गरेको बताउँदै गाउँपालिकाले आगामी दिनमा यस्ता भइपरि आउने घटनामा राहत सहयोग उपलब्ध गराउन कार्यविधि बनाउने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी