असोज ३०, गण्डकी । गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । सङ्क्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

October 16, 2020
कास्की - KSK, समाज
गण्डकी प्रदेशमा एक हजार ८२१ सक्रिय सङ्क्रमित
By साझासवाल
2 मिनेट पढाइ