2026-09-13 11:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक

कार्त्तिक २, गण्डकी । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।

बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले आफ्नो मातहतका ११ वटै जिल्लामा कात्तिक १ गतेदेखि लागू हुने गरी विस्तृत सुरक्षा योजना सार्वजनिक गरेको हो ।

योजनाको कार्यान्वयनको अवस्थालाई अनुगमन गर्न वरिष्ठ प्रहरी अधिकृतको संयोजकत्वमा समितिसमेत बनाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । सवारी दुर्घटना कम गरी सडकमा आवागमन सहज बनाउने मुख्य लक्ष्य राखिएको सो योजनाले सङ्क्रमणबाट बच्ने र बचाउने सम्बन्धमा सरकारबाट निर्दिष्ट मापदण्ड कार्यान्वयन गर्ने÷गराउने उहाँले बताउनुभयो । 

उक्त योजनाअन्तर्गत सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन गर्ने, सवारी साधन दुर्घटनालाई न्यून गर्ने, राजमार्गमा हुने सवारी साधन दुर्घटना कम गर्ने, मुख्य राजमार्गमा दुर्घटना भएमा कम्तीमा १० मिनेटभित्र ट्राफिक प्रहरी घटनास्थलमा पुग्ने, उद्धार र कारबाहीमा संलग्न हुनेलगायत विषय समेटिएको छ ।

शहरी तथा ग्रामीण सडकखण्डमा सवारी साधनको छतमा यात्रु चढेर यात्रा गर्ने, क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउनेलगायत गतिविधि नियन्त्रण गर्न थप जाँचको  व्यवस्था गर्ने, सवारी साधनको कमी हुने अवस्था आएमा यातायात कम्पनीसँग समन्वय गरी थप सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाउने, सबै जिल्ला र प्रवेश नाकामा १९ यात्रु सहायता कक्षको स्थापना गरी यात्रुलाई सहजता कायम गर्ने लक्ष्य राखिएको छ । 

यात्रु सहायता कक्षमा ३८ ट्राफिक प्रहरी परिचालन गरिने कार्कीले जानकारी दिनुभयो । विपद् उद्धार कार्यमा परिचालन हुने गरी १२ समूह बनाई ५६ जना परिचालन गरिएको उहाँले उल्लेख गर्नुभयो । सबै जिल्लामा २८५ ट्राफिक प्रहरी चाडपर्व सुरक्षाका लागि परिचालन गरिने कार्कीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले