२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आधुनिक चाउचाउ उद्योगका पिताः राजनीति र समाजसेवा साथसाथ

२०७७, १८ कार्तिक मंगलवार १०:५७

जमुनावर्षा शर्मा ।कात्तिक १८, पोखरा। दक्षिण एशियामै पहिलोपल्ट नेपालमा आधुनिक चाउचाउ उद्योग खोलेर पोखरामा औद्यागिक गति प्रदान गर्ने पोखराका प्रतिष्ठित उद्योगपति सूर्यबहादुर केसी मोफसलबाट राष्ट्रियस्तरको छवि बनाउन सफल व्यक्तित्व हुनुहुन्थ्यो । केसी राजनीति र समाजसेवामा समेत उत्तिकै परिचित नाम हो । उहाँकोे सोमबार साँझ ६५ वर्षका उमेरमा निधनसँगै यहाँका व्यवसायी एवं राजनीतिककर्मीलगायतले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी ‘सीताराम’ एक कर्मठ र मेहनती तथा कुनै पनि अवसर आफ्नो हातबाट फुत्कन नदिने निकै चलाख दिमागको व्यक्ति रहेको बताउनुहुन्छ । “उनी निकै मेहनती थिए, कुनै पनि अवसरलाई आफ्नो हातबाट गुम्न दिँदैनथे । नयाँ कामप्रति संग्लग्न हुन उनको रुचि थियो, उनले पोखरामा आधुनिक चाउचाउ उद्योग सञ्चालन गरेर व्यवसायमा पनि आफूलाई सफल सावित गरे”, उहाँले भन्नुभयो । केसीलाई एकै समयमा धेरै कुरा सोच्न सक्ने  क्षमताका रुपमा आफूले पाएको उहाँको अनुभव छ । केसी तत्कालीन समयमा प्रधानपञ्च उत्तम पुनका गलत क्रियाकलापविरुद्ध अभियान शुरु गरेर राजनीतिमा आएको मुल्मी बताउनुहुन्छ । “केसीले उत्तम पुनविरुद्ध अभियान थाले, प्रधानपञ्चमा उम्मेदवारी प्रस्तुत गरेर जिते, त्यसपछि उनको राजनीतिमा प्रवेश भयो”, उहाँले भन्नुभयो ।  मुल्मीका अनुसार केसीले तत्कालीन समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष  भई सक्रिय रहेर राजनीतिक छवि बनाउनुभएको थियो । सशस्त्र द्वन्द्वको समय २०५६/५७  मा अनेक धम्कीपूर्ण चेतावनी उहाँले खप्नुपरेको थियो । विविध कठिनाइसँग जुध्दै उहाँ आक्रामक रुपमा राप्रपाको राजनीतिमा सक्रिय रहनुभएको थियो ।  केसी पहिलो संविधानसभाको सदस्य बन्नुभयो र पछिल्लो कालखण्डमा राप्रपा परित्याग गरेर नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बनेर प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । 

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई केसीलाई एक सफल व्यवसायी, राजनीतिज्ञ एक अग्रज समाजसेवीका रुपमा आफूले चिनेको बताउनुहुन्छ । भट्टराईले आफू निर्वाचित भएपछि उहाँले आफूलाई बधाई दिएको स्मरण गर्दै भन्नुभयो “पोखराको एक सफल र अग्रज व्यक्तित्व सूर्यबहादुर केसी दाजुलाई भेट्ने र उहाँका व्यावसायिक एवं राजनीतिक अनुभव सुन्ने इच्छा थियो तर त्यो अवसर नआउँदै उहाँको निधनको खबरले स्तब्ध बनायो ।” भट्टराईले कोरोनाका कारण  उहाँलाई भेट्ने अवसर गुमाएको बताउनुभयो । केसीले  रवीन्द्र अधिकारीलाई बेलाबेला फोन गर्ने र आफ्ना राजनीतिक अनुभव सुनाउने तथा राजनीतिमा अघि बढ्न प्रेरणा र हौसला प्रदान गर्ने गरेको स्मरण गर्नुभयो । उहाँले पछिल्लो पटक महिला समितिको आयोजनामा  आप्रावासी श्रमिक व्यवस्थापनका विषयमा भएको भर्चुअल कार्यक्रमा उहाँलाई देखेको र उहाँको स्वास्थ्यलाभ गरेको बताउनुभयो । 

राप्रपा कास्कीका अध्यक्ष डा महेन्द्रबहादुर कार्कीले केसीलाई प्रतिष्ठित उद्योगपति, समाजसेवी र अत्यन्त मिलनसार स्वभावका असल व्यक्तित्वका रुपमा आफूले लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय उद्योगपतिका रुपमा स्थापित केसी कास्कीको एक गहना हुनुहुन्थ्यो, पार्टीको स्थापनाकालदेखि उहाँकै मार्गनिर्देशनमा धेरै काम गरेको र अनुभव मसँग छ, उहाँ बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो ।” कार्कीका अनुसार केसीमा विचार र आस्थाले कुनै एक पार्टीको जिम्मेवारीमा भए पनि महिल, बालबालिका, युवा, ज्येष्ठ नागरिक सबैको हितमा सोच्ने र सहयोगका लागि तत्पर हुने सामाजिक भावनाको एक विशेष गुण थियो । केसीका तीन छोरा प्रकाश, किरण र रोशन केसी हुनुहुन्छ । परिवारका अनुसार उहाँको केही वर्षअघि दिल्लीमा मिर्गौलाको उपचार गरिएको थियो भने मधुमेह र उच्च रक्तचापको रोग थियो ।  

पोखरामा उद्योगको स्थापना 

सूर्यबहादुर आफ्ना पिता कीर्तिबहादुरबाट व्यवसाय क्षेत्रमा प्रभावित हुनुभएको थियो । उहाँका पिताले स्याङ्जा र पोखराका बाटाको निर्माणको जिम्मा लिनुभएको थियो ।  पोखराको फेवातालको बाँध निर्माणदेखि लिएर सडक र भवनको काम उहाँले गर्नुभएको थियो । यसैको प्रभाव र अनुभव केसीले बटुल्दै जानुभएको थियो ।  केसीले पोखरामा आधुनिक चाउचाउ उद्योग खोल्नका लागि साझेदारीसमेत गर्नुभएको थियो । गण्डकी नूडल्समार्फत सिन्के चाउचाउ उत्पादन गरेका व्यवसायी फणीन्द्रमान श्रेष्ठ र  कृष्ण आचार्यको समूहसँगको साझेदारीमा विसं २०२३ असारमा रारा चाउचाउ उत्पादन शुरु गरिएको थियो । गण्डकी नूडल्सबाट रारा चाउचाउ हिमश्री फुड्समार्फत उत्पादन हुन थालेको थियो । विसं २०३० मा केसी कन्स्ट्रक्सन नामकरण गरेर निर्माण व्यवसायको यात्रालाई थप गति प्रदान गर्नुभयो । केसीले यससँगै जलविद्युत्, निर्माण व्यवसाय, हाउजिङ, बैंक र हस्पिटालिटी क्षेत्रलाई पनि स्थापित गराउन सफल हुनुभयो । 

केसी समूहअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ, नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ कलेज र  कालिका मल्टिप्रपोज कलेजमा लगानी छ । केसी गु्रपको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा पनि लगानी रहेको छ । बैंक तथा वित्तीय संस्थाबाहेक केसी गु्रपअन्तर्गतका कम्पनी र उद्योगमा करीब एक हजारभन्दा बढीले रोजगारी पाएका छन् ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ