2026-09-13 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अत्यावश्यकबाहेक पोखरा महानगरको सेवा एक साता स्थगित

मङ्सिर ५, कास्की (रासस) । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको छ । महानगरपालिकाले आज सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ । 

महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ ।

महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७-२८  कर्मचारी कोभिड–१९ सङ््क्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपप्रमुख आफँै सङ्क्रमित हुनुहुन्छ, प्रमुखको सचिवालयलगायत अन्य महत्वपूर्ण शाखाका कर्मचारीमा कोरोना पुष्टि भएकाले मङ्सिर १२ सम्मलाई जरुरी काम नपरी सेवाग्राहीलाई कार्यालय नआउनुहोस् भनेर सूचना जारी गरेका छौँ ।” महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरीबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । 

यसैगरी महानगरपालिकाको पशु सेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण र अन्य कन्ट्याक ट्रेसिङका परेका कारण सेवा बन्द गरिएको शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन