२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीका सात क्रसर उद्योग मापदण्ड विपरित

२०७७, १२ मंसिर शुक्रबार १५:४०

मङ्सिर १२, गण्डकी (रासस) । कास्कीका विभिन्न नदी तथा खोलाको छेउमा स्थापना गरी सञ्चालनमा आएका सात वटा क्रसर उद्योग मापदण्ड विपरीतरहेको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा यही मङ्सिर ८ र ११ गते गरिएको अनुगमन टोलीले जिल्लाका सात क्रसर उद्योग मापदण्ड विपरीतभेटेको हो ।

माछापुच्छ्रे गाउँपालिका–२ भरावारीमा निर्माणाधिन सेती हाइड्रोपावरका लागि स्थापना गरिएको एक क्रसर उद्योग, वडा नं १ स्थित झोमोलोङ्गा हाइड्रोपावर निर्माणका लागि तयार गरिएको क्रसर उद्योग, हेमजा, भेडावारी, लुम्रे सडक स्तरोन्नतिका लागि वडा नं ४ को समिबगरमा रहेको क्रसर पनि दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा ल्याएको पाइएको हो ।

त्यस्तै माछापुच्छ«्रे गाउँपालिका–२ स्थित केउसरा बहारा क्रसर उद्योगको निर्माण भइरहेको छ । क्रसरका लागि मेसिन राख्ने अनुमति नलिएको सो कम्पनीले क्रसर सञ्चालनका लागि लिनुपर्ने वातावरणीय मूल्याङ्कन (इआइ) रिपोर्टसमेत नलिएको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्सिर ८ गते पोखरा महानगपालिका–३२ स्थित स्टोड्र एग्री गोल्ड बल्क उद्योग, पोखरा २९ मुसेटुडास्थित कार्यसिद्धि विनायक निर्माण उद्योग र पोखरा १४ चाउथेस्थित कन्ट्राक प्रालिले सञ्चालन गरेको क्रसर उद्योग अनुगमन गर्दा मापदण्ड विपरीत रहेको पाइएको थियो ।

“जिल्लाका रुपा र मादी गाउँपालिकामा भने हालसम्म कुनै पनि क्रसर उद्योग स्थापना गरिएको जानकारी पाइएको छैन”, उहाँले भन्नुभयो, “पोखरा महानगरपालिका, माछापुच्छ्रे र अन्नपूर्ण गाउपलिकामा १६ वटा क्रसर उद्योग रहेको तथ्यांक रहेपनि केही थपिन सक्ने सम्भावना छ ।

” नेपाल सरकार मन्त्री परिषद्को साउन ५ गतेको निर्णयअनुसार नदीको ५०० मिटर, रार्जमार्गबाट ५०० मिटर, पुलभन्दा माथि २०० मिटर, पुलभन्दा तल ५०० मिटर वन, शिक्षण संस्था, हाइटेसनको लाइन, धार्मिक संस्थाबाट २०० मिटर टाढा राख्नुपर्ने मापदण्ड लागु गरिएको छ । 

अनुगमन गरिएका क्रसर उद्योगलाई उद्योगसम्बन्धी सबै कागजात लिएर जिल्ला समन्वय समितिमा उपस्थित हुन निर्देशन दिइएको समन्वय प्रमुख क्षेत्रीले जानकारी दिनुभयो । गैरकानूनीरुपमा प्राकृतिक श्रोत साधनको दोहन गर्ने र राज्यलाई कर नतिर्ने अवस्थाको अन्त्य गर्न प्रयास भइरहेको उहाँको भनाइ छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार क्रसर उद्योग सञ्चालनसम्बन्धी सरकारले बनाएको नयाँ मापदण्ड पूरा नगरी स्थापना भइ सञ्चालनमा आएका उद्योगलाई तत्काल बन्द गरिनेछ ।

जिल्ला समन्वय समितिका प्रमुख अधिकारीसहित प्रजिअ ढकाल, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी बल कालीका गणका प्रमुख जनक, जिल्ला वन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ