कमल रावल | साउन १८, अछाम | नागरिक सरोकारका विषयलाई सञ्चार माध्यमले विशेष प्राथमिकता दिनु पर्नेमा एक कार्यक्रमका सहभागी सरोकारवालाले बताएका छन । 

रेडियो रामारोशन अछामको आयोजनामा भएको नागरिक समाज, मिडिया र सार्वजनिक निकाय बिचको पारस्परिक जवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन १८, अछाम | नागरिक सरोकारका विषयलाई सञ्चार माध्यमले विशेष प्राथमिकता दिनु पर्नेमा एक कार्यक्रमका सहभागी सरोकारवालाले बताएका छन । 

रेडियो रामारोशन अछामको आयोजनामा भएको नागरिक समाज, मिडिया र सार्वजनिक निकाय बिचको पारस्परिक जवा"/>

2026-07-04 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नागरिक सरोकारका विषयलाई सञ्चार माध्यमले विशेष प्राथमिकता दिनुपर्ने

कमल रावल | साउन १८, अछाम | नागरिक सरोकारका विषयलाई सञ्चार माध्यमले विशेष प्राथमिकता दिनु पर्नेमा एक कार्यक्रमका सहभागी सरोकारवालाले बताएका छन । 

रेडियो रामारोशन अछामको आयोजनामा भएको नागरिक समाज, मिडिया र सार्वजनिक निकाय बिचको पारस्परिक जवाफदेहिता अनि आपसी सम्बन्धमा स्थायित्व बारेको छलफल कार्यक्रमका सहभागीले स्वास्थ्य, नागरिक वडा पत्र, सामाजिक सुरक्षा भत्ता र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बन्न र बनाउन पहल गर्ने बताएका छन । प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा नागरिकहरूले सचेतनाको अभावले गर्दा राज्यबाट पाउने सेवा, सुविधाबाट बञ्चित हुनु परेकोले नागरिकहरूमा जागरुकता र सचेतना अभिवृद्धि गर्न सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नु पर्ने अछामका प्रहरी प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले जोड दिनु भयो । 

कार्यक्रममा पत्रकार महासंघ अछामका सचिब शिवराज ढुङगानाले नागरिकको समस्या र सरोकारका विषयलाई उजागर गरी विधिको शासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन पहल गर्नु पर्नेमा जोड दिनुभयो । नागरीक समाज र सञ्चारमाध्यमको दोहोरो उत्तरदायीत्व हुने भएकाले दुवैले सहकार्य गरि अगाडी बढनु पर्ने उहाको भनाई थियो । कार्यक्रममा बोल्दै अपाङ्ग उत्थान समुह अछामका अध्यक्ष जंग विकले अपाङगता परिचय पत्र वितरण प्रक्रियालाई चुस्त दुरुस्त बनाई नागरिकहरु प्रति जिम्मेवार हुन सुझाव दिनु भयो । नागरिक अधिकारलाई राज्यले मौलिक अधिकारको रुपमा सुनिश्चित गर्नु पर्ने उल्लेख गर्दै नागरिक सचेतनाको लागि नागरिक समाज मिडिया र सार्वजनिक निकाय विच सहकार्य हुनु जरुरी रहेको बताउनु भयो । आफ्नो कार्यालय जहिले पनि नागरिक प्रति जिम्वेवार र जवाफ देहि रहेको महिला तथा बालबमलिका कार्यालय अछामका निमित्त प्रमुख भावना जोशीले बताउनु भयो । आफ्नो कार्यालय बाट सेवाग्राहीले सहजै रुपमा सेवा लिन पाएका उहाँको भनाई थियो । 

कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला प्रशासन कार्यालय बाट प्रदान गरिने सेवाहरु सहजै रुपमा सेवा ग्राहीलाई दिईरहेको र आगामी दिनमा अझै सहज बनाउदै लैजाने प्रतिवद्धता जनाउनु भएको छ । आफु सधै सुशासन र पारदर्शिताको पक्षमा रहेको उहाँको भनाई थियो । आफु सधै सञ्चार मिडिया संग सहकार्य गरेर अगाडी बढ्ने उहाँको भनाई थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल, तुल बहादुर काउछा, अनुसन्धान अधिकृत लोकराज जोशी, सुदूर खबर साप्ताहिकका ललित बुढा, दलित प्रतिनिधी दुर्गा तिरुवा लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका विद्युत्मा रैका, साझा बोली रेडियो कार्यक्रमका सामुदायिक रिर्पाेटर गायत्री भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो