२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दुई दिनदेखि बेपत्ता किशोर भेटिएनन्

२०७७, २८ माघ बुधबार ०३:३८

माघ २८, तनहुँ | तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किनुभयो । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँड्नुभएका उहाँ क्याम्पस पुग्नुभएन ।

सिमलटारस्थित मामाघर बसेर पढ्दै आउनुभएका ईश्वर बेलुका अबेरसम्म घर फर्किनुभएन । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गर्नुभयो । बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गर्नुभयो । 

मङ्गलबार बिहानदेखि बेपत्ता भएका ईश्वरको बुधबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । “दुई दिन भइसक्यो ईश्वरको केही अत्तोपत्तो लाग्न सकेको छैन”, उहाँले भन्नुभयो, “बजार क्षेत्रको सिसिटिभी फुटेज पनि हेर्याँै, केही जानकारी प्राप्त हुन सकेन ।” जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले किशोरको खोजीकार्य तीव्र पारिएको जानकारी दिनुभयो । 

सवारी साधनलाई कारवाही

पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा सञ्चालन हुने बसमा अनधिकृत बोर्ड राखेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । पुग्नुपर्ने स्थानभन्दा फरक स्थान जाने अनधिकृत बोर्ड राखेर यात्रुलाई ढाँट, छल गरेको गुनासो आएपछि प्रहरीले गरेको जाँचका क्रममा ४० बसलाई कारवाही गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार २१ बसलाई कारवाही गरी छाडिएको र १९ बसका कागजपत्र नियन्त्रणमा लिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी