2026-09-12 09:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिनमा तीन पटक लोडसेडिङ भएपछि प्राधिकरणको कार्यालय घेरे हुम्लाका महिलाले

माघ २९, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती (लोडसेडिङ) हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन्।

सिमकोटमा दैनिक १२ घन्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन्। नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापर्वाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन्।

दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि साँझ ४ बजेदेखि विद्युत् भार कटौती भएर राति १० बजेपछि मात्रै विद्युत् आउने हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीसहित अन्य विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको भन्दै वडा नं ६ का महिला आक्रोशित भएका हुन्। विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या बनाएको सो वडाका महिला हंसकला रोकायाले बताइन्। महिलाहरूले सोमबारसम्म विद्युत् कार्यालयले भनेको समयमा आपूर्ति नगरे विद्युत् लाइन कटौती गर्नुका साथै आफ्नो जग्गामा गाडिएका पोल सोही कार्यालयमा निवेदन दिएर उखेलेर फ्याँक्ने चेतावनी दिएका छन्। 

लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई विद्युत् भार कटौतीको मारले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न बाधा पुगेको स्थानीयवासी उमाकला रावतले गुनासो गरिन्।

‘चाहिने समयमा विद्युत् आउँदैन नचाहिने समयमा दिनभरि आउँछ,’ रोकायाले भनिन्। दिउँसोदेखि राति १२ बजेसम्म विद्युत् भार कटौती हुँदा समस्या बनाएको अर्की स्थानीयवासी सुन्तला रावतले बताइन्। 

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत् भार कटौतीको मार खेप्नुपरेको निमित्त कार्यालय प्रमुख राजकुमार बोहराले बताए। यहाँका स्थानीयवासीको माग सम्बोधन गर्ने तर विद्युत् भार कटौतीको अन्त्य भने नहुने उनको भनाइ छ। चर्काे विद्युत् भार कटौतीले जेठमा एसइई तयारी गर्नका लागि सदरमुकाम सिमकोट आसपासका गाउँबाट सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ। 

हेल्दुङ वितरण केन्द्र हुम्लाले बर्सेनि विभिन्न बहानामा मर्मतका लागि भन्दै लाखौं रकम खर्च गर्ने गरेको छ। यता सेवाग्राही पुरानै सल्लाको दियालो बालेर दैनिकी चलाउन बाध्य छन्।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस