साउन २५, इलाम । एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा पूर्वी इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, इलाम । एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा पूर्वी इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णर"/>
2026-07-04 05:34 AM
इलाम - ILM

पहिरोले नौ परिवार विस्थापित

साउन २५, इलाम । एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा पूर्वी इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । 

जिर्मले–५ को ठूलो खोलाको पहिरोले छ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा अमृतमान राई, भीमकुमारी राई, अमृता राई, भुपेन राई, देवी सापकोटा र विक्रम राईको परिवार रहेका छन् । 

पहिरोको बीचबाट मूल फुटेर पानी बगिरहेको स्थानीय गोविन्द पौडेलले जानकारी दिनुभयो । पहिरोबाट अमरबहादुर राई, भक्तलाल राई, रमेश राई, उमेश राई, कुलबहादुर राई, टेकबहादुर खड्का, सञ्जीव राईका घर जोखिममा परेका छन् । 

इरौटार–३ मा गएको पहिरोले भीमबहादुर मगर, बलबहादुर मगर र यामबहादुर मगरका परिवार विस्थापित भएका छन् । इरौटारको पहिरोबाट पनि लेदो निस्किरहेको छ । 

पहिरो गएको आसपास र माथिल्लो क्षेत्र पनि चिरा परेकाले पहिरो पुनः जाने सम्भावना रहेको बताइएको छ । पहिरोबाट धनराज मगर, ठालुमान बस्नेत, टेकबहादुर मगर, टङ्क बस्नेत, दिलबहादुर राई र भुवन बस्नेतका घर जोखिममा परेका हुन् । विस्थापित परिवार आफन्तकामा शरण लिएर बसेका छन् । 

पहिरोग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहितको टोलीले स्थलगत अनुगमन गरेर पहिरो आसपासमा नबस्न आह्वान समेत गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो