कुमार "अविरल""/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कुमार "अविरल""/>

2026-07-04 05:17 AM
कपिलवस्तु - KPL

बुद्धभुमि कपिलवस्तु सेवा समाजको प्रथम साधारणसभा सम्पन्न


कुमार "अविरल" पन्थी | साउन २५, कतार ।

कपिलबस्तु बासीको चाहना, सभ्य र समृद्घ समाजको कल्पना” भन्ने मुल नाराका साथ बुद्धभुमि कपिलवस्तु सेवा समाज कतारले प्रथम साधारण सभा तथा भाग्यशाली चिठ्ठाको नतिजा प्रकाशन कार्यक्रम गत शुक्रवार सम्पन्न गरेको छ। कार्यक्रम विविधि सास्कृतिक प्रस्तुतीहरुका साथ सम्पन्न भएको थियो ।


सस्थाका अध्यक्ष केशब खनालको सभापतित्व तथा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहाकार टि.वि. कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जन प्रगतिशील मन्चका अध्यक्ष शनि कुमार ओली, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्रि मोहम्मद अजिज अलि, अन्तराट्रिय नेपाली समाज कतारका अध्यक्ष बि बि रोषन खराल, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष गणेश बन्जाडे बिसेष अतिथि रहेका थिए।


यसैगरी गुल्मी सेवा समाजका उपाध्यक्ष झविन्द्र आचार्य, रोल्पा जलजला सेवा समाजका अध्यक्ष बसन्त थापा, दलित एकता सन्जालका दितिय उपाध्यक्ष प्रकास घिमिरे, राक प्रवासी सेवा समाज कतारका उपाध्यक्ष नवराज पुन, अन्तराट्रिय दलित शक्ति कतारका संयोजक कृष्ण परियार,प्युठान सेवा समाज कतारका उपाध्यक्ष बलदेव राना, अर्घाखाचि सेवा समाजका उपाध्यक्ष ठाकुर कुमार परियार, समाज सेवी मोहम्मद मुक्तदा मुसलमान, साझा नेटवर्क डटकमका प्रधान सम्पादक कुमार "अविरल" पन्थी, समाजसेवी देब परीयार, समाजसेबी अलि खान, रमेश सिङ खाती, हिमाल बिश्वकर्मा लगायत विभीन्न सँघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।



साथै कार्यक्रममा विभिन्न पेशा, ब्यबसाय र रोजगारिको शिलशिलामा कतारलाई कर्मभुमी बनाउदै आइराहेका कपिलवस्तु जिल्लाबासी तथा गैर कपिलवस्तु जिल्लाबासीको उलेख्य उपस्थिति रहेको थियो।


संस्था स्थापनाको अर्धवार्षिकिको अवसरमा संस्थागत समिक्षात्मक कार्य प्रगती एवम कार्य समिती संरचना फराकिलो गर्ने उद्धेश्य तथा कपिलवस्तु जिल्लामा रहेका असहाय एबम सडक बालबालिकाको शैक्षिक स्तरमा सहयोग पुर्‍याउन रचनात्मक हातेमालोको बिकास गर्ने मुख्य अभिप्रायले कपिलवस्तु तथा गैर कपिलबस्तु बासिहरुलाई एकीकृत सहभागी बनाउदै एउटै मालामा उन्नका लागि उत्प्रेरित गर्दै कतारको नज्मा स्थित अल नक्यान रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा समाजले संचालन गरेको भाग्यशाली चिठ्ठाको नतिजा पनि सार्वजनिक गरेको छ ।

व्यानर अनावरण, दिप प्रज्वलन, राष्ट्रिय गान तथा ज्ञात अज्ञात वीर शहिदहरुको सम्झना साथै कपिलवस्तुका विभिन्न ठाउँमा बाढि र डुबानमा परि ज्यान गुमाएका र बिबिध कारणले प्रबासमा ज्यान गुमाएका सम्पुर्ण नेपालिहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै कार्यक्रमलाई विधिवत रुपमा उद्घाटन गरिएको थियो ।


त्यसैगरी युबा संयोजक खगेश्वर गैरेले स्वागत मन्तब्य प्रस्तुत गर्दै उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए । सभामा सदस्य सचिवको तर्फबाट कोषाध्यक्ष इश्वर अर्यालले अर्धबार्षिक कार्य प्रगती प्रतिबेदन पेश गरेका थिए । सास्कृतिक बिभाग संयोजक क्षितिज किरण गैरेले सहजीकरण गर्दै गितको माध्यमबाट शुभकामना शन्देशका साथ उपस्थित सबैलाई स्वागत गरे। साथै सोहि अवसरमा कतारमा रहेका स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुतिहरु रहेको थियो।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्किले प्रबासमा स्थापित सामाजिक संघसंस्थाहरुले सभ्य समाज निर्माणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै समाज रुपान्तरणको पक्षमा सामाजिक क्रान्तिको सकारात्मक बिगुल फुकेको बताउदै शुभकामना दिएका थिए।सस्था अध्यक्ष तथा सभापति खनालले बाह्य रुपमा जिल्ला संस्था जस्तो देखिएपनी यसले राष्ट्र र राष्ट्रिय गरिमाका बिबिध महत्व बोकेर अगाडि बढेको भएता पनि बिश्वसामु छुट्टै पहिचान बनाउन सक्ने स्थितिमा हामी अझ व्यापक तरिकाले सकारात्मकताका साथ उठ्नु पर्ने बिषयमा जोड दिए ।

 

हाम्रो सार्बभौमिकता ऐतिहासिक धरोहर र पौराणिक महत्त्वका सम्पदा र सस्कृति माथी बिदेशी शक्तिले धावा बोलिरहेका अबस्थामा यो समाजले यसका बिरुद्धमा प्रबासबाटै सामाजिक क्रान्ती रुपान्तरणको रुप धारण गरेको स्पष्ट पारेका थिए ।

 

जिल्लाका विभिन्न क्षेत्रमा बाढी र डुबानबाट धनजन गुमाएका पिडित परिवारहरु तथा जिल्लामा रहेका असहाय एबम सडक बालबालिकाको सहयोगार्थका निम्ति जुट्न समेत अपिल गर्दै समाज निर्माणमा महत्त्वपूर्ण भुमिकामा रहन सबैलाई अनुरोध गर्दै कार्यक्रमलाई समापन गरेका थिए । कार्यक्रम सस्थाका प्रथम उपाध्यक्ष दिपक पौडेलको संचालनमा सम्पन्न भएको थियो।

 

सोहि अवसरमा प्रकाशन गरीएको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा यस प्रकार रहेको छ।

प्रथम पुरस्कार – १ तोला सुन, भुमा बहादुर (चिठ्ठा न. ६०९) मो. ५२५०८१३६

दोस्रो पुरस्कार – ३२" LED TV, कृष्ण थारु (चिठ्ठा न. ९२१) मो. ६६५६४६९८

तेस्रो पुरस्कार- डिजिटल क्यामेरा, कृष्ण सारु (चिठ्ठा न. ०५१) मो. ५०३०९०८३

चौथो पुरस्कार- टच स्क्रीन मोबाइल, दिवाकर भुसाल (चिठ्ठा न.६२३) मो. ५५१८५४६४

पाँचौ पुरस्कार – राइस कुकर ५ जनालाई, टीका बस्नेत (चिठ्ठा न. ४६५) मो. ७०६४००६१, थोमस (चिठ्ठा न. १५०७) मो. ३०६४२२०१, सुवाष (चिठ्ठा . न. १८४४) मो. ५०४९०१०५, लालु प्रसाद(चिठ्ठा . न. १६२८) मो. ३१०२०९००, मो. अम्रान (चिठ्ठा न. ७७४) मो. ३३२६५९७६।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो