पढ्न करिब 1 मिनेट लाग्छ

साउन २६, इलाम । मिर्गौला पीडित मानबहादुर राईको उपचारका लागि निर्माण व्यवसायी सङ्घ इलामले ५० हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

दुवै मिर्गौलाको रोगबाट थलिनुभएका इलाम नगरपालिका–२ निवासी मानबहादुर राईको उपचारका लागि व्यवसायी सङ्घका अध्यक्ष राजकुमार भक्तराजले ५० हजार रूपैयाँ मानबहादुर राई उपचार सहयोग समितिका संयोजक हुकुमलाल थेवेलाई मङ्गलबार हस्तान्तरण गर्नुभयो ।

राईको उपचारका लागि देश–विदेशबाट करिब रु छ लाख सङ्कलन भइसकेको बताइएको छ । राईको दुवै मिर्गौला प्रत्यारोपण गर्न करिब १२ लाख रूपैयाँ लाग्ने बताएपछि इलामे युवा उनको उपचारका लागि सहयोग सङ्कलन गर्न व्यस्त भएको अध्यक्ष थेवेले बताउनुभयो । रासस