Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन २६ गते, दिउँसो २:२५ बजे कास्की - KSK, समाज

पोखरामा मोबाइल मेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><span style="line-height: 1.42857;"><b>साउन २६, पोखरा ।</b> प्रथम पोखरा मोबाइल एण्ड इलेक्टोनिक्स मेला यही साउन २८ गतेदेखि ३२ गतेसम्म पोखराको पृथ्वीचोकमा गरिने भएको छ ।&nbsp;</span></p><p>पोखरा ‘विजनेश कम्प्लेक्स’ व्यवस्थापन समितिको व्यवस्थापनमा गरिन लागेको सो मेलामा २३ वटा मोबाइल कम्पनीको सहभागिता रहने पोखरा इलेक्टोनिक्स व्यवसायी सङ्घका सचिव नारायण सुवेदीले जानकारी दिनुभयो ।&nbsp;</p><p>विभिन्न छरिएर रहेका मोबाइल पसललाई एउटै छानामुनी राखी मर्मतको साथै सस्तो मूल्यमा उपभोक्ताले मोबाइल खरिद गर्न पाउनभन्ने उद्देश्यले सो मेला आयोजना गरिएको हो । करिब ८० वटा कक्ष रहने सो मेलाको २० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने र रु ३० लाखभन्दा बढीको कारोबार हुने सङ्घका अध्यक्ष श्रीप्रसाद घलेले बताउनुभयो । मेलामा प्रत्येक सामान खरिदमा पाँचदेखि १० प्रतिशतसम्म छुट दिइने बताइएको छ । रासस&nbsp;</p>