२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नगर प्रमुख सङ्क्रमितलाई कोसेली बोकेर घरघरमा पुग्दै

२०७८, २ जेष्ठ आईतवार ०९:२२

जेठ २, खलङ्गा (रासस)। चन्दननाथ नगरपालिकाकाले  होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई कोसेली लिएर घरघरमा भेट्ने अभियान शुरुआत गरेको छ । अभियानमा नगरप्रमुख कान्तिका सेजुवाल सहित प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल र स्वास्थ्य शाखाका प्रमुख पृथ्वीनाथ योगी  हुनुहुन्छ । 

स्यानिटाइजर, मेडिकल मास्क, भिटामिन ‘सी’ र ‘डी’, च्यवनप्रास, एक क्यारेट अण्डा, साबुन र चना लिएर नगरपालिकाको टोली सङ्क्रमितको घरमा पुगेको नगरप्रमुख सेजुवालले जानकारी दिनुभयो । सङ्क्रमितको स्वास्थ्य अवस्थाको चिन्ता गरी घरदैलो अभियानमार्फत कोसेली दिने कामको शुरु भएको स्वास्थ्य शाखाका प्रमुख योगीले बताउनुभयो । 

सङ्क्रमित भएका बिरामीलाई पौष्टिक तत्वको कमीले गर्दा स्वास्थ्य अवस्थामा समस्या नहोस् भनेर कोसेली लिएर घरमा पुगेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।  आइसोलेशनमा बसेका नागरिकबाट अरू व्यक्तिमा कोरोना सर्न सक्ने भएकाले सचेत रहन सुझाव दिने काम भएको नगरपालिकाले जनाएको छ ।

गाउँमा सङ्क्रमित भएका कोरोनाका बिरामीहरुले भान्सा,  शौचालय, खानेपानी धारा एउटै प्रयोग गरेको हुनाले अरू मानिसलाई सचेत हुन नगरपालिकाले आग्रह गरेको छ । सङ्क्रमितहरुलाई आफू सुरक्षित भइ घरपरिवार र समाजलाई सुरक्षित राख्न तथा नगरपालिकाले दिएको पौष्टिक तत्वको सेवन गर्न सल्लाह दिएको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमितलाई स्वास्थ्य अवस्था गाह्रो भएमा खबर गर्न पनि  नगरपालिकाले आग्रह गरेको छ । 

सङ्क्रमित भएकाहरुलाई मास्कको नियमित प्रयोग गर्न, साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सल्लाह दिइएको छ  । आत्मबल कमजोर भएका  सङ्क्रमितको मनोबल बढाउन र गाउँमा हुने विवाह व्रतबन्धलगायत कार्यमा सरिक नहुन नगरप्रमुख सेजुलाले सबै नागरवासीलाई आग्रह पनि  गर्नुभएको छ । 

नगरपालिकाभित्र ५२ सङ्क्रमितहरु  आइसोलेशनमा छन् । घरमा बसेका सङ्क्रमितलाई  हेलचक्र्याइँ नगर्न भनिएको छ । नगरपालिकाको टोली कोसेली बोकेर घरमा पुग्दा  सङ्क्रमित निकै खुशी भएको स्थानीयवासी केशवनाथ योगीले जानकारी दिनुभयो  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा