2026-09-11 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

साउन २२, रोल्पा (रासस) । कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । 

रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् । 

जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको बताइन्छ । “ज्वरो र रुघाखोकीबाट ग्रस्त उनीहरुमा भाइरल ज्वरो र  निमोनियाजस्तो जटिल समस्यासमेत देखिने गरेको छ”, उहाँको भनाइ थियो  । 

“जिल्ला अस्पतलामा दिनहुँ १०/१२ का दरले झाडापखाला र आउँका बिरामीसमेत आउने गरेका छन् । बर्सात्को समयमा दूषित पानी पिउने गरेका कारण झाडापखाला र आउँका बिरामी बढिरहेका छन्”, डा वलीले भन्नुभयो । ज्वरो र रुघाखोकीबाट ग्रस्त बिरामीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिने गरेका कारण उनीहरु त्रस्त भएका हुन् । 

“एक्कासि हनहनी ज्वरो आएपछि कोरोनाको आशङ्कामा आत्तिएर अस्पताल पुगँे”, रोल्पा नगरपालिका–२ का भरत महराले  भन्नुभयो,  “कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिम आयो”। 

 ज्वरो आउने, टाउको दुख्ने तथा रुघाखोकी लाग्ने समस्या देखिँदा कोरोनाको आशङ्कामा परिवार तथा छरछिमेकमा समेत त्रास सिर्जना गरेको छ”, महराले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस