भदौ २१, रोल्पा (रासस)। रोल्पामा पहिराबाट घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गए राति पूर्णबहादुर थापाको घर पहिराबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । पहिरामा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते हुनुभएको छ ।

उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

यसैगरी सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखिएको रा १ ख २०६८ नं को सनलाइट बोर्डिङ स्कुलको बस फगाम खोलाले बगाएको छ । सो बस उक्त ठाउँमा मर्मतका लागि राखिएको थियो ।

September 6, 2021
रोल्पा - RLP, समाज
रोल्पामा पहिराबाट घर पुरिँदा दुईको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ