डडेल्धुरामा ट्याक्टर दुर्घटना : एक जनाको अवस्था गम्भीर

साझासवाल
1 Min Read

<p>मङ्सिर ५, डडेल्धुरा | डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबजार नजिक ट्याक्टर दुर्घटना भएको हो।<br></p><p>सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए। ‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ उनले भने।&nbsp;</p><p>घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।&nbsp;</p>

Leave a Comment

Leave a Reply