मंसिर १२, बाजुरा | बाजुराको सदरमुकाम मार्तडीको कारागार नजिकैको डिलबाट आइतबार बिहान जिप दुर्घटनामा परेका सहचालकको मृत्यु भएको छ। जिप दुर्घटनामा परि मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी रहेका छन्।

सदरमुकाम मार्तडीबाट बडिमालिका नगरपालिका वडा नम्बर-६जडाङ्गा तर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जिप आईतबार विहान साढे पाँच बजे दुर्घटनामा परेको थियो।

जिपमा सवार सहचालकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो। उनको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर थप उपचारका लागि लैजांदै गर्दा डोटीको पूर्विचौकी गाउँपालिकाको सानागाउँ नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जीप सडकदेखि करिब १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपचालक त्रिवेणी ८ का वसन्त नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाजुरा जिप दुर्घटनाका घाइते दानिको मृत्यु
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment