Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

जंगली हात्तीको आक्रमणबाट ४५ वर्षीय खगिराजको मृत्यु !

By kit

<p><b>मङ्सिर २६, काठमाडौँ | </b>लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीको आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिएका छन् ।<br></p><p>आक्रमण बाट घाइते भएक रानालाई स्थानीय बासिन्दाले राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए । “हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे”, उनले भने, “खगिलाई भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोड्यो । हो–हल्ला गरी हात्ती भगायौँ, अस्पताल पु¥याउँदा ज्यान गयो ।”</p><p>शिवरमा रानाका श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आएका थिए । हात्तीले शिविरका बासिन्दाका २०&nbsp; झुपडीसमेत भत्काइदिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति ८ः३० बजे १५ भन्दा बढीको संख्यामा छावासहितको जङ्गली हात्तीको बथान शिविरमा छिरेको उनँको भनाइ छ । हात्तीले झुपडी भत्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ ।</p>