<p><b>पुस १, काठमाडौँ | </b>दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालिडाँडा का गजेन्द्र सिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । खर फगला फडानी गर्ने क्रममा बुधबार भिरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।<br></p><p>धामी बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा मृत अवस्थामा करिब एक सय मिटर तल खोलामा फेला परेका थिए। मृतक धामीका दुई छोरा र दुई छोरी रहेका छन् ।</p>
दार्चुलामा भिरबाट एक जनाको लडेर मृत्यु !
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

