Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लागूऔषधसहित तीन जना पक्राउ !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ६, काठमाडौँ | पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ। लागूऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागुऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ।

बरामद लागुऔषध, नगद रकम, मोबाइल, मोटरसाइकलसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको छ।