पुस २३, दाङ(रासस) । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, दाङ(रासस) । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष मा"/>
२०८३ असार २, मंगलबार | ०३:४५ बिहान
दाङ्ग - DNG

थारुबस्तीमा माघीको तयारी गर्न भ्याइनभ्याई

पुस २३, दाङ(रासस) । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा जुटेका छन् । भाँडाकुँडा सबै सफा पारिएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित थारु बस्तीमा पुग्दा  सबै जना माघीको तयारीमा जुटेका देखिन्थे ।

थारु जातिको सबैभन्दा मुख्य पर्व माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन जिल्लाका सबै थारु बस्तीमा बढेको छ । माघी आउन अब एक साता मात्र बाँकी छ । थारु समुदायका महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् ।  पुरुष मासुको जोहो गर्नमा व्यस्त छन् भने महिला रोटी पकाउने पिठोको तयारी तथा दुनाटपरी खुट्नमै व्यस्त छन् ।

कतिपयले माघीका लागि माछाको जोहो गर्न थालेका भेटिए । तुलसीपुर–६ रजौराका ५५ वर्षीय ज्ञानसिंह चौधरीका अनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी छँदा गरिन्छ भने माछा मार्नेदेखि रोटी पकाउनेलगायत काम एक हप्ता अगाडिदेखि नै गरिन्छ । रजौरामा सुँगुर घरघरमा बाँधेको देखिन्थ्यो भने महिला दुनाटपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्थे ।

आँगनमा दुनाटपरी बनाउँदै गरेकी ५५ वर्षीया बुझौनी चौधरीले भन्नुभयो, “माघीमा पाहुना धेरै आउने भएकाले अहिलेदेखि नै काम भयाउनु पर्छ ।” यस्तै तुलसीपुर ६० वर्षीया मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त हुनुहुन्छ । बुहारीसँगै दुनाटपरी बनाउँदै गरेकी उहाँले भन्नुभयो, “पहिला टाढाको जङ्गलमा मालुकाका पात टिप्न जान्थ्यौँ, अहिले धेरै टाढा जान सकिन्न ।” 

 यस्तै तुलसीपुर–५ की ४५ वर्षीया शान्ति चौधरी माघीका लागि अचार बनाउने तर्खरमा हुनुहुन्छ । उहाँले पात र  दाउराको जोहो भने गरिसक्नुभएको छ । अब माघीमा आवश्यक  परिकार बनाउनमा चौधरी लागिपर्नुभएको छ । मुला, अदुवा र गोलभेँडा मिलाएर उहाँले अचार बनाउँदै हुनुहुन्छ । ढिक्री भने  माघी आउन एक दिन बाँकी छँदा मात्रै बनाउने उहाँको योजना छ । 

उहाँले भन्नुभयो, “चामलको पिठो, घर लिपपोत, सुँगुरको मासु जोहो गरिसक्यौँ, अब माछा मार्न दिदी बहिनीसँग सल्लाह भएको छ ।” माघीमा माछा मार्न बबई नदी जाने तयारी छ । तुलसीपुर–१७ की ५५ वर्षीया लीला चौधरीले घरबाट टाढा माछा मार्न जाँदा रमाइलो हुने गरेको अनुभव सुनाउनुभयो ।” माघीमा घरघरमा सुँगुर काट्ने चलन छ । यसलाई उनीहरुको भाषामा ‘जिता मरना दिनु’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी ९पिठोको एक परिकार०, माछालगायतको परिकार खाएर रातभर नाचगानका साथ रमाइलो गर्ने चलन छ । यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।

 माघीमा नाचिने विशेष मघौटा नाच अघि पछि पनि लोकप्रिय छ । यसैबीच जिल्लामा पुसको दोस्रो हप्तादेखि माघी महोत्सव तथा नृत्य प्रतियोगिता सुरु भइसकेका छन् । जिल्लाका तुलसीपुर, घोराही, लमहीलगायतका स्थानमा थारु संस्कृति झल्कने त्यस्ता प्रतियोगिता सुरु भएका हुन् । थारु बाहुल्यता रहेका गाउँमा बिहानैदेखि माघी विशेष थारु गीत गुञ्जिन्छने । 

थारु युवायुवती आफूलाई आवश्यक पर्ने लत्ताकपडा तथा खाद्यान्न किनमेल गर्न नजिकैका बजार पुग्छन् । केही दिनदेखि तुलसीपुर क्षेत्रमा कोरोनाका बिरामी बढ्न थालेका छन् । अब सतर्कता अपनाएर मात्र माघी मनाउनुपर्ने स्थानीय पत्रकार अञ्जना चौधरीको भनाइ छ । माघीमा जम्मा भएर घरघरमा गएर जाच्ने, थारु परिकार खाने चलन छ । माघेसङ्क्रान्तिको दिन बिहानै सबै जना नजिकैको खोला, जलाशय वा पोखरीमा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ । घरदेखि टाढा काम तथा अध्ययन गर्न गएका थारु समुदायका व्यक्ति माघीमा आ–आफ्नो घर फर्किन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते