2026-09-12 07:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पुस्तकमा तनहुँसुर

माघ २, दमौली | ऐतिहासिकस्थल तनहुँसुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएको पुस्तक तनहुँसुर र सेरोफेरो पुस्तक सार्वजानिक भएको छ । लेखक देव बस्न्यातद्वारा सङ्कलित र लिलामान सिंह बस्न्यात स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको शनिबार समाजसेवी एक सय वर्षीय भीमबहादुर बस्नेतले विमोचन गर्नुभएको हो । 

तनहुँसुरका सेनवंशीय राजाहरुको वंशावली, उनीहरुले मान्दै आएका धार्मिक सांस्कृतिक पर्यटनस्थलको विकासमा हामीले निर्वाह गर्नुपर्ने भूमिका, तनहुँ जिल्लाका साहित्यकारबाट प्रकाशित कृतिहरु र अन्य विविध विषयका सम्बन्धित घटनाहरुलाई आधार मानेर लेखिएका लेख तथा रचनाहरु सङ्गालेर पुस्तक लेखिएको बस्न्यातले जानकारी दिनुभयो । 

“पत्रपत्रिकाहरुमा प्रकाशित लेखहरुमध्येको एउटा सङ्गालोको परिणती हो तनहुँसुर र सेरोफेरो । पुस्तक लेखन तथा प्रकाशनका विषयमा एकल प्रयासबाट सम्पन्न गर्ने प्रयास गरेको हो,” उहाँले भन्नुभयो । विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भइसकेका रचनाहरुलाई सङ्कलित गरेर तनहुँसुरको नालीबेली समेटिएको तनहुँसुर सेरोफेरो पुस्तक प्रकाशन सम्भव भएको लेखक बस्न्यातले बताउनुभयो । 

तनहुँसुर र यसको सेरोफेरोको सामाजिक, धार्मिक र पर्यटकीय स्थानको अध्ययन–अनुसन्धानमा खटिने विद्यार्थीहरुका लागि पनि यो कृति सहायक सिद्ध हुने विश्वास गरिएको लिलामानसिंह बस्न्यात स्मृति प्रतिष्ठानका संरक्षक रामचन्द्र बस्न्यातले बताउनुभयो । 

पुस्तकमा ऐतिहासिक सेनकालीन जिल्लाका मठमन्दिर र चाडपर्वहरुका विषयहरु पनि समेट्ने प्रयास गरिएको छ । पुस्तकमा जिल्लाको ऐतिहासिक परिचय, तनहुँको ढुकुटी घर र राजा कामारीदत्त सेनबीचको अन्तर सम्बन्ध, दसैँ परिचय र दुर्गोत्सव पर्वको आरम्भता, तनहुँसुर दरबारको दुर्गोत्सव पर्वको तयारीका प्रथम प्रयासहरु, तनहुँसुर कालिकामाई मन्दिरमा गरिने फूलपाती शोभायात्रा, तनहुँसुरको जारकोटे ढुङ्गा, तनहुँसुर खड्गदेवी, लोपको सङ्घारमा तनहुँसुरको देवी नाच, तनहुँसुरका महत्वपूर्ण स्थानहरु लगायतका विषय समेटिएका छन् ।

लेखक बस्न्यातले यसअघि दमौली महात्म्य पुस्तक पनि प्रकाशन गरिसक्नुभएको छ भने व्यास बोली, श्रीपाली बस्न्यात परिचय, गलेखामकोट र सेरोफेरो, मिर्लुङकोट र सेरोफेरो पुस्तक प्रकाशोन्मुख रहेको छ । 

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन