2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अत्यधिक चिसो र हुस्सुले सर्लाहीको जनजीवन प्रभावित

माघ ३, काठमाडौँ | अत्यधिक चिसो र हुस्सुका कारण यहाँको जनजीवन प्रभावित बनेका छ । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो । 

घाम नलाग्ने र हुस्सु, शीतलहरले गर्दा सर्लाही र आसपासका जिल्लाका बासिन्दाले समस्या भोग्नुपरेको छ । बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण गाडी चालकले पनि समस्या भोग्दै आएका छन् । हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अहिले गाडी बत्ती बालेर गुड्नुपरेको छ । मौसममा यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी सर्लाहीले आग्रह गरेको छ ।

अत्यधिक चिसोका कारण यहाँका वृद्ध, बालबालिका, गरिब विपन्न परिवारका व्यक्ति बढी प्रभावित भएका छन् । चिसो बढ्दा दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर पनि समस्यामा परेका छन् । चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा आगो बालेर ताप्न थालिएको छ । चिसोबाट जोगिन अत्यावश्यक काम पर्दाबाहेक घरबाहिर ननिस्कन, घरभित्रै बस्नुपर्ने, सावधानीपूर्वक आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडा लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक