2026-11-02 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेशसभा सदस्य दवाडीद्वारा तलबभत्ता कोरोना नियन्त्रणलाई सहयोग

माघ ११, कास्की | गण्डकी प्रदेशसभा सदस्य  प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने सबै सुविधाबापतको रकम सामाजिक क्षेत्रमा खर्च गर्नुभएको छ । 

प्रदेशसभा सदस्य दवाडीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गत वर्ष पुसदेखि हालसम्म प्रदेशसभा सदस्यलाई सरकारबाट तलबभत्ता बापत प्राप्त भएको रु सात लाख ८२ हजार ३५६ र व्यक्तिगत रु पाँच लाख ८१ हजार ४३५ गरी कूल रु १३ लाख ६३ हजार ८०० गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई औषधि खरिद र बिरामीको उपचार सहायतामा खर्च गरेको जानकारीदिनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता दवाडीले यसवर्ष विशेषगरी कोभिड नियन्त्रणका लागि गाउँका स्वास्थ्यचौकीमा स्वास्थ्य उपकरण र औषधि खरिद र सहयोगमा सुविधाको रकम खर्च भएको बताउनुभयो ।  कोरोनाका समयमा आफैँले औषधि किनेर स्वास्थ्यचौकीलाई वितरण गर्नेदेखि लकडाउनका समयमा वृद्धवृद्धालाई आवश्यकपर्ने औषधि बोकेर घर–घरमा पुगेर वितरण गरेको उहाँले जानकारीदिनुभयो ।

उहाँले भन्नुभयो,“नागरिकको स्वास्थ्यको ग्यारेण्टी सरकारको मुख्य दायित्व हो । यससँगै सांसद र सचेत नागरिकको पनि उत्तिकै भूमिका आवश्यक छ, भनेर सहयोग गरेको हुँ ।” प्रदेशसभा सदस्य दवाडीले विभिन्न बिरामीको उपचारका लागि अस्पतालमै पुगेरसमेत सहयोग गर्नुभएको थियो ।

प्रदेशसभामा निर्वाचित भएलगत्तै सरकारी सुविधाबापतको रकम निर्वाचन क्षेत्रका जनताको हित र सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता उहाँले जनाउनुभएको थियो । उहाँले हरेक वर्ष कार्यक्रम गरेर आफ्नो खर्च सार्वजनिक गर्दै आउनुभएको छ ।

यस वर्ष प्रदेशसभा सदस्य दवाडीले विभिन्न मितिमा गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्ति, स्वास्थ्यचौकी गरी ३१ संस्थालाई सहयोग गर्नुभएको छ । कोरोना औषधि खरिद, विद्यालयमा शैक्षिक सामग्री खरिद, क्यान्सर रोगका बिरामीको उपचार, अक्षयकोष तथा छात्रवृत्ति, आमा समूह भवन, आमा समूहलाई फर्निचर खरिद, किसानको घर निर्माण लगायतमा न्यूनतम रु पाँच हजारदेखि  अधिकतम रु तीन लाख २० हजार सहयोग गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द