2026-08-29 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आयोजना प्रभावित हुँदा अन्धकार

माघ १६, भजनी |  अछामको रामारोशन गाउँपालिकामा १२ वटा साना लघु जलविद्युत् आयोजना चलेकामा गतवर्ष भदौ २ गते आएको बाढीले सबै आयोजनालाई प्रभावित बनायो । 

बाढीका कारण पाँच वटा आयोजना पूर्णरुपमा प्रभावित भए भने चार वटा आयोजना आंशिकरुपमा प्रभावित बन्योे । गाउँपालिकामा निर्माणाधीन दुई आयोजनामा क्षति पुर्याउदा ती आयोजनाको काम पनि निकै प्रभावित मात्रै भएन, गाउँपालिकाका पूरै वडा अन्धकार भए । बाढीका कारण आंशिक प्रभाव परेका तीन वटा आयोजना सञ्चालन भए पनि अन्य आयोजना अहिलेसम्म पनि सञ्चालनमा आइसकेका छैनन् ।

सबै वडामा विद्युत्को पहुँच पुगेको गाउँपाकिकामा अहिले डेढ वर्षदेखि उज्यालोबाट बञ्चित भएका छन् । लाखौँको लगानीमा निर्माण भएका आयोजना अलपत्र हुँदा त्यसको पुनःनिर्माणका लागि स्थानीय तहले पनि कुनै पहल नगरेको स्थानीयले गुनासो गर्दै आएका  छन् । 

वडा नं १ का रामबहादुर विकले मलातिकोट साना लघुजलविद्युत् आयोजनाबाट उज्यालो पहुँचमा आएको बताउँदै लामो समयसम्म वडाका नागरिक विद्युत्को पहुँचबाट बञ्चित हुनुपरेको बताउनुभयो । उता वडा नं २ मा पनि सबैभन्दा पहिले बिजुली बलेको थियो । डोग्री खोलाको पानीबाट २० किलोवाट क्षमताको विद्युत् आयोजना सञ्चालनमा आएको भए पनि स्थानीय सरकारले त्यसलाई कैलाश खोलामा सार्ने र त्यसको क्षमता बढाउने भन्दै विद्युत् सेवा बन्द भयो । अहिलेसम्म न त बिजुली बल्यो न त आयोजना नै सफल भयो । पहिले उपभोक्ता समितिमार्फत काम भएको आयोजना अहिले ठेक्का प्रक्रियामार्फत निर्माण हुन लागेको छ ।

रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्कर साउँदले अहिले वडा नं ३, ५ र ७ का केही भागमा मात्रै विद्युत् सेवा सञ्चालन रहेको बताउँदै अन्य क्षेत्रमा अझै विद्युत्को पहुँच पुर्याउन नसकिएको बताउनुभएको छ । गत वर्षको बाढीका कारण पाँच वटा आयोजनामा पूर्णरुपमा क्षति भएकाले त्यसलाई शुन्यबाटै सुरु गर्नुपर्ने देखिन्छ भने अन्य पाँच आयोजना सञ्चालनका लागि पनि लाखौँ रकम खर्च हुने देखिएको छ । 

अध्यक्ष साउँदले भन्नुभयो, “गाउँपालिकाको बजेटले सबै आयोजना सञ्चालन गर्न सम्भव छैन । प्रदेश र सङ्घ सरकारसँग बन्द भएका लघुजलविद्युत् आयोजना सञ्चालनका लागि पटकपटक समन्वय भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि पहल अझै हुन सकेको छैन ।”

उसो त गाउँपालिका रहेको वडा नं ३ सम्म राष्ट्रिय प्रसारण लाइनसमेत पुगिसकेको छ । बीचमा रहेको वडा नं १ र २ का गाउँ अझै अध्याँरोमा रहेका छन् । घरको आँगनबाट राष्ट्रिय प्रसारण लाइन जाँदा पनि विद्युत्को उज्यालोबाट रामारोशनका जनता बञ्चित हुँदै आएका छन् । स्थानीय हर्क विकले भन्नुभयो, “चार वर्ष भइसक्यो आयोजनाको काम सुरु भएको नत बिजुली बाल्नका लागि स्थानीय सरकारले तत्परता देखाउँछ न त राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि ।”

गाउँपालिका अध्यक्ष साउँदले चालू आर्थिक वर्षमा वडा नं १ को केही भाग, वडा नं ४, वडा नं ५ को भटाकाटिया क्षेत्रमा पु¥याउने तयारी भएको बताउनुभयो । उहाँले लघुजलविद्युत् आयोजनाको मापदण्ड र विद्युत् प्राधिकरणको मापदण्ड फरक परेका कारण पनि पुरानो संरचनामा काम नहुने भएका कारण गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउन समस्या भएको बताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष साउँदले भन्नुभयो, “गाउँपालिकाको ग्रामीण बस्तीमा जहाँ विद्युत्को पहुँच पुर्याउन कठिन भएका बस्तीमा सोलारको व्यवस्थाका लागि सङ्घीय सरकारबाट रु दुई करोड ५० लाख बजेट आएको छ । गाउँपालिकाका नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने प्रयत्नमा लागिपरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो