2026-09-12 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

माघ २५, पोखरा | गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ । 

प्रदेश स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो । यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता प्रारम्भ भएको  जनाइएको छ । रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालका अनुसार जिपिएसबाट पूर्व अस्पताल स्वास्थ्य सेवा प्रणाली विकास गरी सेवा पुर्याउने उद्देश्य राखिएको छ । प्रदेशमा सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक सङ्घ संस्था र निजी अस्पतालकासमेत गरी २१६ एम्बुलेन्स सञ्चालनमा छन् । यस वर्ष १५० एम्बुलेन्समा जिपिएस जडान गरिने र बाँकीलाई अर्को आर्थिक वर्षमा जडान गरिनेछ । 

यस कार्यक्रमको लागि स्वास्थ्य निर्देशनालयबाट करिब रु ३८ लाख र नेपाल रेडक्रसले करिब रु ६२ लाख खर्च गर्नेछन् । 

एउटा एम्बुलेन्समा जिपिएस जडान गर्न करिब रु १२ हजार  र वार्षिक रिचार्ज गर्न करिब चार हजार ५०० खर्च लाग्ने बताइएको छ । यही माघ २३ र २४ गते रेडक्रस र सरकारी अस्पतालका गरी २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ भने विस्तारै ११ वटै जिल्लामा यो सेवा विस्तार गरिने जनाइएको छ ।

रेडक्रसका ११ जिल्ला शाखा र उपशाखामा गरी २५ एम्बुलेन्स सञ्चालनमा छन् यस कार्यक्रम अन्तर्गत ‘ग’ वर्गका एम्बुलेन्सलाईस्तर उन्नती गरी ‘ख’ वर्गमा लगिने छ । एम्बुलेन्स चालकलाई प्राथमिक उपचारसहित पूर्व अस्पताल सेवा सम्बन्धी तीन दिन तालिम प्रदान गरिने छ भने प्रेषण केन्द्रका कर्मचारीलाई ६ दिनको तालिम दिइनेछ ।

त्यसैगरी प्रत्येक जिल्लामा एक–एक दिनको अभिमुखिकरण तालिम सञ्चालन हुनेछ । प्रदेशभरिको लागि एम्बुलेन्सको लागि १०२ नम्बरमा सञ्चालनमा ल्याइएको छ  ।  ‘डिस्प्याच सेन्टर’स्वास्थ्य निर्देशनालयमा राखी सञ्चालन गरिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग