2026-11-01 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटक पथप्रदर्शकलाई स्थलगत सीप विकास तालिम

फागुन १९, गण्डकी । पोखरालाई केन्द्र बनाएर पदयात्रा, पर्वतारोहणलगायतमा क्रियाशील पर्यटक पथप्रदर्शकलाई लक्ष्य गरी स्थलगत सीप विषयक आठदिने तालिम दिइएको छ । 

नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश समितिको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनात्मक सहयोग, काठमाडौँ इन्भाइरोमेण्टल एजुकेशन प्रोजेक्ट (किप) नेपालको साझेदारी, उद्योग पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेशको सहयोगमा सञ्चालित तालिम पदयात्रा र पर्वतीय पर्यटनमा लागेका पथप्रदर्शकको दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

तालिममा २७ जना पर्यटक पथप्रदर्शकको सहभागिता रहेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिनुभयो । यस किसिमको तालिम पोखरामा पहिलोपटक भएको दाबी गर्दै उहाँले यस क्रममा पर्वतीय पर्यटनमा अत्यावश्यक नक्सा अध्ययन, कठिन परिस्थितिमा दिशा पत्ता लगाउने कला, प्राथमिक उपचार, तारा अध्ययन, कथावाचनलगायतमा तालिम दिइएको बताउनुभयो । 

तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थान अहिलेको आवश्यकता भएको बताउनुभयो । पर्यटन क्षेत्र अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै उहाँले पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डमा आएको बजेट फ्रिज हुन नदिई क्रियाशील पर्यटनसम्बद्ध संस्थाका प्रवद्र्धनात्मक गतिविधिलाई बढाउनुपर्नेमा जोड दिनुभयो । केन्द्रमा मन्त्रालय तथा बोर्डबीचको बेमेललगायतका कारण पर्यटकीय गतिविधि प्रभावित हुन नहुने उहाँले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले तालिमले पर्यटन क्षेत्रमा लाग्ने पथप्रदर्शकको दक्षता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा बोर्डले प्रवद्र्धनात्मक गतिवधि बढाइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष जीवन सापकोटा, सचिव सुदीप गौतम, किप नेपालका प्रमुख कार्यकारी अधिकृत इयान वाल, प्रशिक्षार्थीद्वय मनु गुरुङ र सुरज गुरुङ, किप नेपालका अध्यक्ष देवीप्रसाद पन्तलगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता हुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द