Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चैत महिनाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत ९, सिराहा । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै सिराहा जिल्ला प्रशासन कार्यालय सिराहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ । चैत मसान्तभित्र जिल्ला भरी इजाजत लिइराखेको हातहतियार बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।<br></p><p><span style="font-size: 13px;">तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओ कवारीले सचेत गराएका छन् । सिराहा जिल्ला भरिमा व्यक्तिगत रूपमा इजाजत लिइराखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सीडीओ कवाडीले जनाएको छ ।</span></p>