महोत्तरीमा हवल्दार हुँ भन्दै सुनचाँदी लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

साझासवाल
2 Min Read

चैत १२, महोत्तरी । प्रहरी हवल्दार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । बर्दिबास-१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।

बर्दिबासस्थित सुनचाँदी पसलहरुले बनाउन अर्डर दिएको सुनचाँदी पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा लैजाने क्रममा प्रहरी हुँ भन्दै झण्डै १३ केजी सुनचाँदी लुटपाट गरेको ठाकुरमाथिआरोप लागेको छ ।

८ चैतमा पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले हायस गाडीमा उक्त सुनचाँदी  लैजाने क्रममा मोरङको बेलबारी नगरपालिका वडा न.४ सिमसार क्षेत्रबाट प्रहरी हवल्दार भएको बताउँदै सुनचाँदी बोकेको झोला लिएर ठाकुर भागेका थिए ।

`प्रहरी हवल्दार हु तेरो साहुलाइ प्रहरी कार्यालयमा पठाइदे भन्दै मैले बोकेको झोला नै उनले लगेका थिए ´, कालिकोटेले भने ।

कागजातसहित सुनचाँदी प्रहरीले नै नियन्त्रण लिएको हुनसक्ने भन्दै बेलबारी प्रहरी कार्यालय पुग्दा बल्ल चोरी भएको थाहा पाएको कालिकोटेले बताए ।

कालिकोटेको बयान र जाहेरीको आधारमा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय वेलबारीको टोलीसमेत बर्दिबास आइपुगेको थियो ।

इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीको स‌युक्त टोलीले अनुसन्धानको क्रममा ठाकुरको घरमा खानतलासी भएको थियो ।

खानतलासीको क्रममा उन्को घरवाट १२ केजी ८८२ ग्राम सुनचाँदी बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

आरोपित ठाकुरलाइ इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरि बेलबारी प्रहरीलाइ बुझाएको छ । ठाकुरलाइ प्रहरी हिरासतमा नै राखेर थप अनुसन्धान गर्ने प्रक्रिया अगाडी बढाइएको बेलबारी इलाका प्रहरीले जनाएको छ ।

Leave a Comment

Leave a Reply