2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेवातालको मापदण्ड परिवर्तन : किनारका सांसद मौन, बाहिरकाले उठाए आवाज

चैत्र २४, पोखरा | पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड ३० मिटर तोकेको छ । कार्यपालिकाको अन्तिम बैठकबाट मेयर मानबहादुर जिसीको अध्यक्षमामा तालको मापदण्ड ३० मिटर तोकिएको हो । यसअघि ६५ मिटर भनिएको मापदण्ड घटाएर ३० मिटरमा झार्दा कास्कीका कुनै पनि जनप्रतिनिधिहरू बोलेका छैनन् । जो बोलेका छन्, उनीहरू कि पोखरा बाहिरका छन्, कि राजनीति बाहिरका छन् ।

सधैँभरि फेवाताल संरक्षणको आवाज बुलन्द गर्ने किनारका सांसद राजीव पहारी अहिले मौन छन् । सानो घटनामा समेत सामाजिक सन्जालमार्फत आफ्ना विचार राख्ने उनले तालको मापदण्डबारे कुनै टिप्पणी गरेका छैनन् । ताल किनारकै मन्त्री रामजी बरालसमेत यसमा मौन छन् ।

यद्यपि, ताल संरक्षण र मापदण्डका विषय अहिले गण्डकी प्रदेशसभामा प्रवेश पाएको छ । जनमोर्चाकी सांसद (बागलुङ) पियारी थापाले तालको मापदण्ड घटाउनु निकै दुखद् भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । "फेवातालमा ६५ मिटरलाई घटाएर ३० मिटरमा झारिएको छ । सर्वोच्चको फैसलाविरुद्ध महानगरले मापदण्ड बनाएको छ । तालको संरक्षण गर्न अतिक्रमित संरचना हटाएर सौन्दर्यीकरण कायम गराउनु तीनै तहको सरकारको दायित्व हो," उनले भनिन्, "आजको सम्पदा जति छ, सकेसम्म बढाउने नत्र जस्ताको त्यस्तै राख्नुपर्छ । मापदण्ड घटाएर सार्वजनिक जग्गा अतिक्रमण गर्ने अतिक्रमणकारीलाई प्रश्रय मिलेको छ । प्रदेश सरकारको ध्यान पुगोस् ।"

जवाफ दिँदै ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले मापदण्ड तोक्ने अधिकार महानगरलाई भएकोले आफुहरुको खासै भूमिका नरहेको बताए ।"फेवाताल, वेगनासताल लगायत अरु तालहरू छन् । हामीले सरकारको तर्फबाट सिँचाइ क्षेत्रको अतिक्रमण र ताल क्षेत्रको अतिक्रमण रोक्नका लागि पहल गरेका छौं । मापदण्डविपरीत हाइड्रो पावरले बिजुलीको पोल गाड्ने, जनताका घर त्यहिँ बन्ने । सरकारी भवनहरु त्यहीँ बनेको छ," उनले भने, "असोजमा हामीले बैठक राखेर जिल्ला प्रशासन, तालुकदार निकाय, सिँचाइ कार्यालय र महानगरपालिकालाई ध्यानाकर्षण गरायौं । अतिक्रमण भएका ठाउँलाई तत्काल रोक्ने काम गर्दै आएका छौं । तर, मापदण्ड तोक्ने दायित्व पोखरा महानगरको हो ।"

उनले तालको मापदण्ड ६५ मिटर भनिएपनि व्यवस्थित हिसावले कानुनमा नसमेटिएको तर्क गरे । "६५ मिटर भनेर राज्यले घोषणा गर्‍यो । तर, व्यवस्थित कानुन बनेर आएको देखिँदैन । सर्वोच्चले पनि छिटोभन्दा छिटो मापदण्ड तोकेर कार्यान्वयन गर्नु भनेको छ," आचार्य भन्छन्, "महानगरसँग धेरै पटक छलफल भयो । अतिक्रमित संरचना भत्काउने अधिकार महानगरलाई छ, संरक्षण प्रदेश सरकारले गर्ने हो । अतिक्रमण भएको ठाउँमा भत्काउनुपर्छ भन्ने मान्यता हाम्रो हो ।" मापदण्डका विषयमा सरोकारवालासँग थप छलफल गर्ने उनले बताए ।

महानगरले फेवातालकाे मापदण्ड ३० मिटर ताेकेकाे छ भने रुपा र बेगनासकाे ५५ मिटर तथा साना तालहरुमा २० मिटर मापदण्ड लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक