2026-08-29 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वैद्यनाथ क्षेत्र विकास संस्थाको धामको गुरुयोजना निर्माण

चैत्र २७, अछाम | नेपालका चार धाममध्येको एकधाम वैद्यनाथ क्षेत्र विकास संस्थाको गुरुयोजना निर्माण भएकोे छ । सेती लोकमार्गले छोएको धार्मिक तथा पर्यटकीयस्थल वैद्यनाथको व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले बृहत्तर गुरुयोजना निर्माण भएको छ । साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा अल्फा ईन्जिनेरिङ कन्सल्टेन्सीले गुरुयोजना निर्माण गरेको छ । अल्फा ईन्जिनेरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडका डाइरेक्टर दानबहादुर रावलले गुरुयोजनाको प्रतिवेदन साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरलाई हस्तान्तरण गरे ।

गुरुयोजनामा वैद्यनाथ धाम क्षेत्रमा बर्सेनि हुँदै आएको कटान रोक्नलाई पहिलो प्राथमिकता दिएको छ । नदीको दायाँ वायाँ लुग्रेली गाडमा पक्की तटबन्धलाई गुरुयोजनामा समेटिएको छ । वैद्यनाथ क्षेत्र विकास संस्थाकोे गुरुयोजनामा तीन तले अतिथि भवन, चार तले सन्त आवास भवन, दुई तले पिर भवनको संरचना निर्माण रहेको छ।

गुरुयोजनमा कार्यालयको चार तले भवन निर्माण गर्ने उल्लेख गरिएको छ । उक्त चार तले भवनमा वैद्यनाथ क्षेत्र विकास समितिको कार्यालय, वैद्यनाथ धार्मिक पर्यटन विकास व्यवस्थापन समिति, गुठी कार्यालय र ध्यान कोठा रहने नगर प्रमुख कुँवरले जानकारी दिए ।

गुरुयोजनामा वैद्यनाथ क्षेत्रमा १५० जना जना अट्ने सभागृह, अछामी नौमुठे गाईको संरक्षणको २० वटा गाई अट्ने गाई गोठको निर्माण, सार्वजनिक मञ्च, तीन तले होमेस्टे भवनको नमूना नक्सा, सडक निर्माणलाई समेटिएको छ । अहिले वैद्यनाथ धामको प्रांगणमा सौर्य बत्ती, प्रांगणको बीच भागमा मञ्च, भित्र चार ढोका भएको वैद्यनाथको मन्दिर, मन्दिर वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवलहरू  छन् ।

यस्तै दुई तले संग्राहलय भवन निर्माणधीन, पार्कको निर्माण कार्य सुरुवात, अतिथि भवनको निर्माण कार्य सम्पन्न, ज्येष्ठ नागरिकको लागि वृद्धआश्रम निर्माण कार्यको सुरुवात भएको छ । धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको वैद्यनाथलाई ऐतिहासिक र धार्मिक महिमासँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनाअनुसार गुरुयोजना निर्माण गरिएको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए । उनले यहाँका महत्वपूर्ण र अति रमणीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूलाई चिनाउनको लागि गुरुयोजना निर्माण गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो