Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिराहामा मृत्यु भइसकेका २७ सयभन्दा बढीको नाम अझै मतदाता सूचीमा

By साझासवाल 2 मिनेट पढाइ

वैशाख १०, सिराहा | स्थानीय तह निर्वाचन २०७४ पछि सिराहामा मृत्यु भएका तीन हजार चार सय ४८ जनामध्ये दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ ।

स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख ईन्दिरा यादवको भनाइ छ ।

स्थानीय तहले पठाएको विवरणलाई आधार मानि नाम हटाएको तर पनि जनशक्ति र समय अभावले सबै नाम हटाउन नसकिएको प्रमुख यादवले जनाए ।

निर्वाचन कार्यालयको अद्यावधिक मतदाता सूचीलाई आधार मान्दा लहान नगरपालिकामा आठ सय १९, सिराहा नगरपालिकाका सात सय ९० र धनगढीमाईका दुई सय ८३ जनाको नाम सूचीमा छ ।

निर्वाचन आयोग र स्थानीय तहहरूको लापरबाहीले मृत्यु दर्ता भइसकेका व्यक्तिको नाम पनि अझै मतदाता सूचीमा छ ।