Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ बैसाख १५ गते, दिउँसो १२:०८ बजे
कास्की - KSK

पल शाहका दुई निवेदन एकसाथ पेश गर्न पोखरा उच्च अदालतको आग्रह

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १५, पोखरा | उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।

जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।