2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रघे लुवारको आरन अनुभव : न चटक्कै छोड्न सक्छु न चित्तै बुझाउन

वैशाख १९, सुर्खेत | आगोको रापले गाला रातै छन् । चाउरिएका गालाले बुढ्यौली प्रष्ट देखिन्छ । टाउकोमा टोपी । टोपीका छेउकुनाबाट निस्किएका फुलेका कपालले बुढ्यौलीको थप प्रमाण दिन्छ । तर, हातमा रहेको हथौडाले उनले बुढ्यौली भन्न नपाएको प्रष्ट हुन्छ । 

उनी हुन् दैलेख ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाका ७५ वर्षीय रघे लुवार । उनी हरेक दिन आठ वर्षीय नातिसँगै भाडाकुँडा बनाउन तल्लिन हुन्छन् । उनको काम आधुनिक वैज्ञानिकहरूको जस्तै छ तर रैथाने काम भएकाले सम्मान पाउन सकेको छैनन् । यो पेशाले सम्मान नपाउँदा उनी आरनमा बसेर काम गर्ने ‘आरन्या बाजे’मा सिमित छन् । 

उनी आरनमा नहुँदा नबस्दा मात्रै होइन घरको भान्सा समेत ठप्प हुन्छ । यही कारण उनी भान्सा ठप्प हुनुभन्दा बुढ्यौली बिर्सन तयार छन् । 

दिनरात आरनमा बसे पनि सोचेअनुरुप आम्दानी नहुँदा गाउँका अरूले यो पेशा नै छोडिसके । अरु शीप नजानेकाले उनी छोड्न पनि सक्दैनन् । ‘बिहान भालेको डाकोसँगै जोश जागरका साथ आविष्कारमा जुट्छु,’ उनले भने, ‘यो कामले शरीरको छाला मात्र पाक्छ, एक सुपो बालीमै चित्त बुझाउनुपर्छ ।’ उनी गाउँभरिका भाँडाकुँडा बनाउन आरनमै व्यस्त हुन्छन् तर भनेजस्तो ज्याला पाउँदैनन् ।

बालीकै भरमा चित्त बुझाउँदै आएको उनले बताए । देशमा अनेकौं राजनीतिक परिवर्तनपछि सामाजिक चेतनास्तर माथि उक्सिएको तथ्यांक छन् । तर, दैलेखको ठाटीकाँध गाउँपालिकामा भने कुरिती र कुसंस्कारको अवशेष ‘बाली प्रथा’ कायमै छ । 

व्यवसायिक छैन आरन पेशा

ठाटीकाँध गाउँपालिकासहित जिल्लामा करिब डेढ सय घर परिवार आरन चलाएर जीवन गुजार्न बाध्य छन् । आगोको रापमा जिउ सेकाएर फलामका भाँडाकुँडा आविष्कार गर्छन् तर ज्याला पाउँदैनन् । ज्याला बापत भाँडाकुुँडा बनाउने तिनै व्यक्ति बोरा बोकेर बाली माग्न घरघर जानुपर्ने बाध्यता रहेको रघे लुवारले बताए । 

रघे लुवा ठाटीकाँध गाउँपालिका–१ र २ वडाबाट करिब पाँच सय घरधुरीका भाडाकुडा बनाउँछन् । ‘विहान ५ बजे उठ्छु,’उनले भने, ‘हसिया, कोदालालगायत सामान धार लाउँदा लाउँदै १२ बजेको पत्तैै हुँदैन,’ उनले भने ।

आरन पेशा नगरौँ त साँझ विहानको गर्जाे टर्दैन गरौँ त परिश्रम अनुसारको फल (ज्याला) मिल्दैन । एक सुपो अन्नमै चित्त बुझाउँनुपरिरहेको उनले बताए । 

गाउँपालिकाले विनियोजन गरेको बजेट कार्यान्वन हुन सकेन

गाउँपालिकाले आरन सुधार तथा क्षमता विकासको लागि करिब १२ लाख रुपैयाँ बराबरको आरन सुधार कार्यक्रम गर्ने गरी योजना बनाएको थियो । ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका अनुसार गाउँपालिकालेले आरन सुधारको लागि योजना बनाइरहेको छ । उनले भने,‘कसलाई कुन सामग्री वितरण गर्ने, के गर्ने भन्ने योजना र छलफलमै छौँ ।’ 

गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा पनि ६ लाख छुट्याएको थियो । समय अपुगका कारण ६ लाख बजेट कार्यान्वयन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । 

              

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते