कमल सुबेदी/भदौ १७, पोखरा । नेपालीहरुको मुख्य चाडपर्वहरु नजिकिदै गर्दा पोखरामा भने चोरीका घटनाहरु बढ्दै गइरहेको छन् ।

यसको पछिल्लो उदाहरण हो बिहिबार  बिहान पोखराको मुटु मानिने न्युरोडमा रहेको चेरिस्मा इम्पोरिममा भएको चोरीको घटना । पछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी/भदौ १७, पोखरा । नेपालीहरुको मुख्य चाडपर्वहरु नजिकिदै गर्दा पोखरामा भने चोरीका घटनाहरु बढ्दै गइरहेको छन् ।

यसको पछिल्लो उदाहरण हो बिहिबार  बिहान पोखराको मुटु मानिने न्युरोडमा रहेको चेरिस्मा इम्पोरिममा भएको चोरीको घटना । पछ"/>

2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चाडपर्व नजिकिदै गर्दा पोखरामा चोरीका घटना बढे

कमल सुबेदी/भदौ १७, पोखरा । नेपालीहरुको मुख्य चाडपर्वहरु नजिकिदै गर्दा पोखरामा भने चोरीका घटनाहरु बढ्दै गइरहेको छन् ।

यसको पछिल्लो उदाहरण हो बिहिबार  बिहान पोखराको मुटु मानिने न्युरोडमा रहेको चेरिस्मा इम्पोरिममा भएको चोरीको घटना । पछिल्लो समय  पोखराको अति सुरक्षित मानिने न्युरोडमा भएका लगातारका चोरीका घटनाले सर्वसाधारणहरु लाइ भने त्रसित बनाएको छ । 

न्युरोड मा प्राय जसो सबै वित्तिय सस्था तथा बैंकहरुको कार्यालय रहेकोले यस ठाउँमा सुरक्षामा अलि सम्वेदनशिल हुनुपर्ने नेपाल डेभलपमेन्ट बैङकर यशोशियसनका केन्द्रिय सचिव गोबिन्द ढकालले बताए । 

उनले स्थानिय प्रशासनले विहान र बेलुका गस्ति गरि वाताबरण सहज पार्नुपर्ने मा जोड दिए ।बेलुकाको समयमा चोरी बढि हुने भएकोले शिभिल गस्तिलाइ बेलुकामा बढाउनुपर्ने तर्क गरे । यसो त न्युरोड लाई बैंक रोड पनि भन्ने गरिन्छ, यसकारण पनि न्युरोडमा सुरक्षा सतर्कता अलि बढाउनुपर्ने जानाकारहरु बताउछन् । 

गएको एक हप्तामा पोखरा को न्युरोड मा दुइ वटा चोरी भएका छन । न्युरोडको एक खाजा घर बाट सोमबार करिब २ तोला बराबर को  सुन चोरी भयो । त्यस्तै पत्रकार दिनानाथ बराल को कोठा बाट केहि दिन पहिले भयो । प्रहरी ले हाल सम्म सुन चोरीमा सम्लग्न हुने ब्यक्तिको सुइको समेत पाउन सकेको छैन । 

त्यस्तै गएको महिनामा पनि पोखरामा चोरीका घटनाहरु बढेका छन । बगरका हिड्दै गरेकी महिलाको गलाबाट पल्सर बाइकमा आएका अपरिचित ब्यक्तिले तारेर फरार भए । चोरी बाट सर्वसाधारण को धनमाल त लुटिएको छ नै ढुक्क सग बाटोमा हिड्न समेत नसकिने अबस्था आएको बटुवाहरु बताउछन् ।

पर्यटकिय नगरि पोखरामा यसरी दिनानुदि  बढ्दै गइरहेको चोरीका घटनाले पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई असर पर्ने पर्यटन ब्यवसायी बताउछन् । चाडपर्व आए सगै कास्की प्रहरीले बर्षैविच्छे सुरक्षा योजनाहरु पत्रकार सम्मेल गरेर नै सार्वजनिक गर्छ ।

यस बर्ष पनि भाद्र १६ गते बाट बिशेश शुरक्षा योजना लागु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले बताए । चोरीका घटनाहरु नियन्त्रण गर्न बिषेश टोली बनाएर अगाडी बढेको बताए ।

केहि चोरीमा सम्लग्नहरु पक्रेको बताउदै उनले भने सबै कोण बाट अनुसन्धान हुदै छ ।चोरी बाट बच्नको लागि त सर्बप्रथम आफै सचेत हुन जरुरी छ । चाडवाडका बेला घर  बाहिर जादा राम्रो सग चापी लगाएर जानुपर्छ ।सकेसम्म बाहिर जादा वरिपरिका लाई जानाकारी गराएर जान अनुरोध गरे । 

कसरी जोगिने चोरीबाट ?

-कहि कतै जानु परेमा धेरै गहना लगाएर नजाने जसले गर्दा मानिस को ज्यानै जोखिम मा पर्न सक्छ ।

-घर बाहिर जादा सबै ठाउँको झ्याल ढोका लगाएर जाने ।

-घरमा कुकुर पाल्ने जसले घरमा नयाँ मानिस कोहि आए नआएको जानाकारी दिन्छ ।

-अपरिचित ब्यक्तिलाइ सबै कुरा नखोल्ने र अपरिचित ब्यक्तिले दिएको केहि नखाने । 

-कार्यालय वा अन्य महत्वपुर्ण ठाउँमा सि. सि. क्यामेरा जडान गर्ने । 

-प्रत्येक टोल टोल मा आमा समुहलाई जनचेतना जोगाउने कार्यमा अगाडी बढ्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द