२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका जनप्रतिनिधिलाई दोहोरो सुविधाः गाडी चढ्छन्, यातायात भनेर १५ हजार बुझ्छन्

२०७९, ३ जेष्ठ मंगलवार ०६:००

जेठ २, काठमाडौं । गण्डकी सरकारले स्थानीय तहदेखि प्रदेशका मुख्यमन्त्री समेतको तलब सुविधा तोकेको थियो । तर, स्थानीय तहका जनप्रतिनिधिलाई मासिक तलब दिने व्यवस्था संविधानमा नभएको भन्दै गण्डकीसहित ६ वटा प्रदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भयो । संविधानको धारा २२० को (८) र धारा २२७ मा जनप्रतिनिधिलाई तलब, ज्यालासहित सुविधा दिने उल्लेख नगरी सुविधा मात्रै दिने उल्लेख गरेको छ ।
त्यसपछि कात्तिक पहिलो दिन नै स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरकानुनी ठहर गर्दै सर्वोच्चले तत्काल तलब सुविधा रोक्न फैसला गर्‍यो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले स्थानीय तहका पदाधिकारीले लिइरहेको पारिश्रमिक, तलब, सेवासुविधासम्बन्धी कानुन बदर गर्ने फैसला सुनाएको हो ।

त्यसपछि गण्डकी सरकारले बनाएको तलबसम्बन्धी कानून खारेज भयो । असारमा पुनः सुविधासम्बन्धी कानुन बनायो । कात्तिकदेखि असारसम्म सुविधाविहीन भए जनप्रतिनिधि । नयाँ कानुन बनेपछि रोकिएको महिनाको सुविधासमेत हिसाब गरेर सम्बन्धित स्थानीय तहले जनप्रतिनिधिको खातामा जम्मा गरिदियो । हालसम्म सोही कानुनअनुसार सुविधा दिइरहेका छन् । पहिले ५० हजार हाराहारी रकम पाउने पोखरा महानगरका मेयर र उपमेयरले नयाँ कानुनपछि करिव ७० हजारभन्दा बढी नगद बुझ्न थाले ।
पहिलो कानुन नुसार ६ वटा शीर्षकमा करिव ५० हजार हाराहारी रकम दिने गरेको थियो । अहिले सुविधाका नाममा मासिक ६६ हजारका दरले बुझ्न थालेका छन् । त्यसबाहेक गाडी, मोबिल, मर्मत, इन्धनसमेत महानगरबाटै प्रयोग गर्छन् । कानुनमै गाडी र सवारी चालक दिएको पालिकामा इन्धन र मोबिल सुविधा दिने र गाडी नभएको पालिकामा मासिक रुपमा यातायात खर्च १५ हजार दिने व्यवस्था छ । तर, पोखराका जनप्रतिनिधिहरूले गाडी पनि महानगरकै चढ्छन्, मासिक यातायात खर्चबापतको १५ हजार रुपैयाँ पनि बुझेको पाइएको छ ।
आफुहरूले राम्रोसँग कानुन नहेरेका कारण त्रुटी भएको महानगरका लेखा प्रमुख जयराम पौडेलले बताए । ‘गाडी दिएको ठाउँमा यातायात खर्च नहुनुपर्ने हो । भूलवश गयो होला,’ उनले भने, ‘कानुनविपरीत रहेछ भने फिर्ता लिन्छौं ।’
मेयर र उपमेयरसहित यहाँका केही वडाध्यक्षहरुलाई मोटरसाइकल सुविधा छ । उनीहरूले पनि मासिक यातायात खर्चको नाममा १५ सयका दरले बुझेका छन् । हालसम्म मेयर र उपमेयरले चार लाख ५० हजार रुपैयाँका दरले बढी रकम लिएका छन् । मेयर र उपमेयर चढ्नका लागि महानगरले स्कारपियो गाडी किनिदिएको छ । मासिक इन्धन तोकिएको भन्दा बढी प्रयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह