Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखराबाट मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

By साझासवाल 2 मिनेट पढाइ

जेठ ८, पोखरा | मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।

हेलिकप्टरमा एक बालकसहित ६ जना यात्रु छन्। मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो। मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कनेछ।