२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाजुले बहिनीलाई श्रीमती बनाएको आजै सुनियो, बुहारीलाई श्रीमती बनाई कोठामा थुनियो

२०७३, १८ भाद्र शनिबार १२:४८

प्रेम सुनार/भदौ १८, गुल्मी ।  हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको आज दरखाने दिन । विहानै सदरमुकाम तम्घासको उदिनढुङ्गा जिप पार्कमा यात्रुहरुले भोग्नु परेको सास्तीवारे रिर्पोटिङ्ग गर्न पुगेको थिएँ  । त्यही क्रममा एक चिया पसलमा पुगेर चिया पिउन थाले । म भन्दा पल्लो कुर्ची–टेवुलमा तिन जना चेलीहरु प्नि चिया खाँदै दुख–सुखका कुराहरु गरिरहेका थिए । उनिहरुले मलाई चिनेका रहेछन् ।

मलाई उनिहरुले तपाई प्रेम सुनार होईन र भनेर सोधे । मैले हजुर हो भने । अवको १५ दिन पछि मैले पनि एउटा ओझेलका खवर बनाउन सक्छु भनेर ति मध्येकी एउटी वहिनीले भनिन्  । मैले चासो लिदै सोधे के सम्वन्धमा होला भनेर ।

उनले आफ्नो कुरा यसरी सुनाईन्–‘ कहानि गम्भीर छ । मेरो बुढोले वहिनी भगाएर पोखरा लगेर राखेको रहेछ । अहिले ११ वर्ष पछि म पोखरा पुगेर उनिहरुलाई फेला पारें । दुई सन्तान पनिजन्माएका रहेछन् । प्रहरीको सहयोगबाट मैले हालै उनिहरु मध्ये श्रीमानलाई प्रहरीको हिरासतमा लिन सफल भएकी छु भने ति दुई सन्तान र सौता बनेकी नन्दलाई घरै ल्याएर आएकी छु ।

ससुरा वुवाले उसलाई सुरुमा भित्राउन नचाहे पनि अहिले भित्राउनु भएको छ ।  म यो छोरीको मुख हेरेर अनि वाउ आमाको ईज्जत सम्झेर गत ११ वर्ष देखि घरमै पिडा सहेर बसें ।

 यि दिदी वहिनीहरु वालपनका साथी र दाजुभाईका छोरीहरु समेत हुन् । उनिहरुसंग आज सात–आठ वर्ष पछि तिज मान्ने अवसर पाएकी छु । उनिहरु हाँसी खुशी छन् । म पिडामा छु र पनिआज उनिहरु संग पिडा पोख्न पाउँदा हलुङ्गो मन भएको छ । छोरी कोखैमा थिईन् । मुहारमा निन्नाउरोपन थियो ।

उनले गाडी नपाएर अलपत्र परेको समस्या सुनाउँदै भनिन्–‘ यहाँ गाडी कुरेको तिन–चार घण्टा भयो । गाडी पाईएको छैन् । कति वेला  पाईएला र आमा वुवासंग मनको वह पोखुँला जस्तो भएको छ । उनले त्यसो भनिरहँदा उनका वालपनका साथीहरुले कठै………..को मुद्रामा हेरिरहेका थिए ।

आजको दिन दाजु भाई दिदी वहिनीले श्रद्धा गर्नु पर्ने दिन तर आजकै दिन एक दाजु भनाउँदोले वहिनी संग लभ चक्कर चलाएर भगाएको कुरा सुन्दा मेरो ज्यान सिरिङ्ग ग¥यो । सहोदर दाजु वहिनी हुन कि के हुन भनेर मैले सोधे । होईन काकाकी छोरी हो भनेर उनले जवाफ दिईन् । त्यो पनि विवाहित वहिनी भएको उनले खुलासा गरिन् ।

घटना गुल्मी  क्षेत्र नम्वर २ अन्तरगतको रहेछ । अहिले नै नाम विवरण नखुलाई दिनु होला तर आजको दिन यस्ता नरपिचास दाजु र वहिनीहरुको चर्तिकला र म जस्ता पिडित महिलाहरुको कथा व्याथा उठाउदा फरक पर्दैन् भन्ने कुरा उनले गरिन् ।

यस्तो पिडामा पनि तपाई खुशी नै देखिनु हुन्छ नि भनेर मैले भने । के गर्ने कति रुने ? हाँसेरै पिडा दवाएकी छु उनले नचाहेर निस्केको हाँसो संगै भनिन् । यो तिजको वेला वहिनी भनाउँदी श्रीमतिका रुपमा घर भित्रिएकी छिन् । दाजु भनाउँदो व्यक्ति प्रहरी खोरमा रहेको उनले बताई रहँदा सुन्ने जो कोहीले थुईया भन्दै थिए । त्यही कुरा चलि रहँदा उता गुल्मीकै बडागाउँ २ बाट एक जना मित्रको फोन आयो ।  बडागाउँ २ को गजुङ्ग गाउँमा पनि त्यस्तै हाडनातामा लभ चक्कर चलेको खवर प्राप्त भयो ।

गत पुषमा त्यहाँका एक युवाले दोहली गाविसबाट एउटी युवतीसंग लभ गरेर विहे गरेको रहेछन् ।  उनिहरुको दाम्पत्य जिवन निकै सुखतसंग वित्दै गएको रहेछ । तर घरै  मुनीको आफ्नै काकाले बुहारीको जवानीमा गिद्धेदृष्टी लगाउँदै आएको रहेछ  ।

जव भतिजो विदेश जाने चक्करमा काठमाण्डौं गयो तव काकाले बुहारीको जवानी लुट्नका लागि ढाडे विरालोको रोल खेल्न थाल्यो  । नभन्दै भदौं १० गते राती उनै बुहारीको विस्तरामा परिवारले रंङ्गेहात फेला पा¥यो त्यो काका भनाउँदोलाई  ।

दुई दिन सम्म ति नक्चरी बुहारीलाई कोठामैं थुनेर राखियो । गाउँमा छलफल चल्यो ति दुवैले आफुहरु विच अवैध सम्वन्ध रहँदै आएको स्वीकार गरेर त्यो काका भनाउँदाले वुहारीलाई घर भित्राउन राजी भए । धनमाल सहित ५० हजार तिरेर घर भित्राईएको ति मित्रले बताए ।

अहिले त्यस्ता  हाडनाता करणीकर्तालाई गाउँ निकाला गर्नुपर्छ भन्दै दाजु भाई जुटिरहेको उनले जानकारी दिए ।  ९ महिना अघि सम्म उनै पुर्वपतिसंग कति वेला दुई मुटु एक हुन पाउँला भनेर कामना गरेकी र उनका लागि वर्त समेत बसेकी ति युवतीले दुईचार दिन श्रीमान काठमाण्डौं जाँदा त्यो अलाछिने जवानीको हुरी वतास थेक्न सकेको भए आज तिजको दिन अरु चेली जस्तै हाँसीखुशी माईत जाने थिईन् । 

तर हेनुस् त आज उनि घर देखि वाहिर निस्केर ठाडो शिर लगाउन सकेकी छैनन् । उता दोहलीस्थित माईतीले त्यसको अनुहार देख्न नपरोस भनेर सरापी रहेका छन् । पुर्व पतिले काठमाण्डौंबाट घर फर्किदा विवाहको पहिलो वर्षको तीजमा श्रीमतिलाई माईत पठाउनका लागि किन मेलको सुरु ताल कसेको  वेला त्यस्तो खवर सुने पछि रनाहमा पर्दै घर फर्केको ति मित्रले बताए । उफ………खायो मासु गयो जिन्दगी यो कहि नभाको लभ चक्करले ……. भन्नु कि अलाछिने बैंसको टक्करले….!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु