जहाज अपडेटः सिडिओ भन्छन्- लेतेनजिकै टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं

साझासवाल

<p><b>जेठ १५, पोखरा | </b>पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ । लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/7f0c2475a9b896606b6068071439da261653805871.jpg" style="width: 707px;"><br></p><p>‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौं,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ । स्थानीयले ठूलो आवाज त्यहाँ आएको भनेका छन् ।’ जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।&nbsp;</p>

Leave a Comment

Leave a Reply